सोमबार, ८ पुष, २०८१

जातीय विभेद गरेको प्रमाणित भएपछि फरार पूर्व वडाअध्यक्षका छाेरा पक्राउ

सिँजा-६ का तत्कालीन वडाअध्यक्ष कालीबहादुर बुढालाई जिल्ला अदालत जुम्लाले उन्मुक्ति दिएको थियोे। उनका छाेरा नवीन बुढालाई भने चार महिना कैद र २० हजार जरिवाना र २५ क्षतिपूर्ति पीडितलाई दिने फैसला गरेकाे थियाे।

जातीय विभेद मुद्दामा दाेषी ठहर भएर फरार प्रतिवादी नवीन बुढा पक्राउ परेका छन्। उनी पूर्व वडा अध्यक्ष काली बहादुर बुढाका छोरा हुन। उनलाई जातीय विभेद गरेकाे कसुरमा जुम्ला जिल्ला अदालतले दोषी ठहर गरेको थियोे भने उच्च अदालत सुर्खेत, जुम्ला इजालासले पनि उनलाई दोषी ठहर गरेको थियो।

जुम्लाका डीयसपी छेदीलाल कामतीका अनुसार बुढालाई उनकाे घरबाट पक्राउ गरि कारागार पठाइएको छ।

उनलाई साेही वडाका विवेन्द्र नेपालीले तत्कालीन वडाअध्यक्ष कालीबहादुर बुढा र उनका छाेरा नवीन बुढाविरूद्व जातीय विभेद गरेकाे आराेपमा जिल्ला प्रहरी कायर्यालय जुम्लामा २०७८ असार २६ गतेमुद्दा दर्ता गरेका थिए।

सिँजा-६ का तत्कालीन वडाअध्यक्ष कालीबहादुर बुढालाई जिल्ला अदालत जुम्लाले उन्मुक्ति दिएको थियोे। उनका छाेरा नवीन बुढालाई भने चार महिना कैद र २० हजार जरिवाना र २५ क्षतिपूर्ति पीडितलाई दिने फैसला गरेकाे थियाे। वडाअध्यक्ष बुढालाई अदालतले उन्मुक्ति दिएपछि नेपाली दुबैजनालाई कारबाही माग गर्दै उच्चमा गएका थिए। उच्चमा २०७८ साउन २७ गते मुद्वा दर्ता गरेकाे थियाे।

उच्च अदालतले २०८० जेष्ठ १८ गते उक्त मुद्वामा फैसला गर्दै नवीन बुढालाई तीन महिना बीस दिन र २० हजार जरिवाना कैद सुनाएकाे थियाे। उनी अदालतकाे फैसला लगत्तै फरार रहेका थिए। लामाे समय फरार रहेका उनलाई पक्राउ गरेर अदालतमा पेस गरिएकाे कामतीकाे भनाइ छ।

बुढा पक्राउ परेपछि आफूले न्याय पाएकाे महशुस भएकाे नेपालीले प्रतिक्रिया दिएका छन्। उनले जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ को दफा ४ उपदफा (१) र (२) को (ख) बमोजिमको कसुर गरेकाले ऐनको दफा ७ (क) बमोजिम हदैसम्मको सजाय र जरीवाना गरी पाँउ भनी मुद्दा दायर गरेका थिए।

ऐनकाे दफा ४ अनुसार कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात-जाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा जातीय तथा अन्य सामाजिक छवाछुत र भेदभाव गरि सार्वजनिक वा निजी स्थानमा प्रवेश गर्न, उपस्थित हुन वा भाग लिन, निषेध गर्ने वा कुनै किसिमले रोक, नियन्त्रण वा प्रतिबन्ध लगाउने, व्यक्तिगत वा सामूहिक रुपमा सार्वजनिक स्थान वा समारोहबाट निष्काशन, सामाजिक बहिष्कार वा कुनै प्रकारको भेदभाव गर्ने वा त्यस्तो कार्यमा प्रतिबन्ध लगाउने वा अन्य कुनै किसिमको असहिष्णु व्यवहार प्रदर्शन गर्ने गरेमा छुवाछूत गरेकाे ठहर्छ।

यस्ताे कार्य गरेकाे ठहरेमा जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ काे दफा ४ काे उपदफा १ र २ अनुरुप कसूर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ भने पीडितले दफा ९ काे उपदफा १ बमाेजिम अदालतले कसूरदारबाट पीडितलाई दुई लाख रुपैयाँसम्म क्षतिपूर्ति भराइदिनु पर्ने हुन्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार