निजामती सेवा दिवसका अवसर पारी नेपाल राष्ट्रिय कर्माचारी संगठनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारथ बिरामीलाई हर्लिक्स वितरण गरेकाे छ।
जुम्ला । निजामती सेवा दिवसका अवसर पारी नेपाल राष्ट्रिय कर्माचारी संगठनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारथ बिरामीलाई हर्लिक्स वितरण गरेकाे छ।
२१ ओैं निजामती सेवा दिवसका अबसरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) कार्यसमिति जुम्लाले ७० जना विरामीलाई हर्लिक्स वितरण गरेकाे नेराकस जुम्लाका अध्यक्ष मिलन बुढ्थापाले बताए।
‘२१ ओैँ निजामती सेवा दिवसका अबसरमा बिरामी भेटघाट कार्यक्रम अन्तरर्गत प्रतिष्ठानमा उपचारथ ७० जना बिरामीलाई हर्लिक्स वितरण गरिएको हो,’ उनले भने।
हर्लिक्स वितरण सँगै बिरामी भेटघाट गरी स्वास्थ्य लाभकाे कामना समेत गरिएकाे नेराकसंघ जिल्ला सचिव उत्तम देवकोटाले बताए।
‘कर्मचारी र जनताबीच नङ मासु जस्तै समधुर सम्बन्ध कायम राख्नु पर्ने मान्यता राख्दै दिवसका अवसरमा बिरामी भेटघाट तथा हर्लिक्स वितरण कार्यक्रम गरिएको हो,’ उनले भने।