कर्णाली प्रदेशका दुर्गम बस्तीहरूमा फैलिएको दृष्टि समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले जुम्ला र आसपासका क्षेत्रमा बृहत् निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ।
“सबैका लागि आँखा स्वास्थ्य” भन्ने नाराका साथ सञ्चालन गरिएको यस अभियानले आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकहरूलाई प्रत्यक्ष राहत पुर्याएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगंगा आँखा प्रतिष्ठान को संयुक्त आयोजनामा तथा पातारासी गाउँपालिका, गुठिचौर गाउँपालिका, तातोपानी गाउँपालिका र तिला गाउँपालिकाको समन्वयमा शिविर सञ्चालन गरिएको हो।
स्थानीय तहहरूले मोतियाविन्दु शल्यक्रियाका लागि छनोट भएका बिरामीहरूलाई आवतजावतका लागि सवारी साधनको व्यवस्था समेत गरेका छन्।

शिविर अन्तर्गत विशेषज्ञ चिकित्सक टोलीले गाउँ–गाउँमै पुगेर निःशुल्क आँखा परीक्षण तथा स्क्रिनिङ सेवा प्रदान गरेको छ।
सामान्य समस्या भएका बिरामीहरूलाई निःशुल्क औषधि वितरण गरिएको छ भने मोतियाविन्दु देखिएका बिरामीहरूलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मा आधुनिक प्रविधिबाट निःशुल्क शल्यक्रिया गरिने व्यवस्था मिलाइएको छ। साथै, शल्यक्रियापछि आवश्यक औषधि र चश्मा पनि निःशुल्क उपलब्ध गराइने जनाइएको छ।

विभिन्न स्थानमा सञ्चालन गरिएको शिविरबाट कुल ८१५ जना बिरामीको आँखा जाँच गरिएको छ। तीमध्ये १०१ जना बिरामीमा मोतियाविन्दु पहिचान भई शल्यक्रियाका लागि छनोट भएका छन्।
चैत १६ गते, डिल्लिचौर स्वास्थ्य चौकी (पातारासी): २३८ जना जाँच, २८ जना छनोट चैत १७ गते, गुठिचौर: २७० जना जाँच, ३० जना छनोट
चैत १८ गते, लिताकोट स्वास्थ्य चौकी (तातोपानी): १९२जना जाँच, २६ जना छनोटचैत १९ गते, डुन्डेली स्वास्थ्य चौकी (तिला): ११५ जना जाँच, १७ जना छनोट
निःशुल्क शल्यक्रिया कार्यक्रमछनोट भएकाबिरामीहरूको निःशुल्क मोतियाविन्दु शल्यक्रिया चैत २३ गतेदेखि २६ गतेसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,जुम्लाकोआँखा विभागमा सञ्चालन गरिनेछ।
भौगोलिक विकटता र गरिबीका कारण वर्षौँदेखि आँखाको उपचारबाट वञ्चित रहेका ज्येष्ठ नागरिक तथा स्थानीय बासिन्दाका लागि यो अभियान आशाको किरण बनेको छ।
तिलगंगाको उच्चस्तरीय प्रविधि र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थानीय पहुँचको संयोजनले अब कर्णालीबासीले महँगो उपचारका लागि सहरधाउनुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छयससहकार्यलेकर्णालीको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुका साथै सयौँ नागरिकको गुमेको दृष्टि फिर्ता गरी उनीहरूको जीवनमा नयाँ उज्यालो ल्याउने विश्वास गरिएको छ।

















