शुक्रबार, १३ चैत्र, २०८२

जुम्लामा सुरक्षित यातायातका लागि व्यवहारिक रूपान्तरण कार्यक्रम

जुम्लामा सुरक्षित यातायातका लागि व्यवहारिक रूपान्तरण कार्यक्रम सम्पन्न गरिएको छ।

कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतको आयोजनामा जुम्लामा सुरक्षित यातायात सम्बन्धी व्यवहारिक रूपान्तरण कार्यक्रम सञ्चालन गरिएको छ।

उक्त कार्यक्रम यातायात व्यवस्था सेवा कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा सञ्चालन गरिएको हो। कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी शाखा अधिकृत लक्ष्मी कडेलको समेत सहभागिता रहेको थियो।

कार्यक्रम अन्तर्गत अटो, भ्यान लगायत विभिन्न सवारी साधनका व्यवसायी, सवारी धनी, चालक तथा सहचालकहरूलाई लक्षित गरी व्यवहारिक तालिम प्रदान गरिएको थियो। तालिममा सहभागीहरूलाई ट्राफिक नियमहरूको पालना, सुरक्षित सवारी सञ्चालन तथा सडक अनुशासन सम्बन्धी जानकारी दिइएको थियो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार