शुक्रबार, ६ चैत्र, २०८२

आएकी काठमाडौँकी एक महिला पर्यटकको मृत्यु

रारा ताल घुम्न आएकी एक महिला पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका निवासी ३० वर्षीया सदीक्षा घिमिरे रहेको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायब उपरिक्षक रबिराज थपलियाले जानकारी दिए।

उनको घिमिरेको शुक्रबार बिहान ७:२५ बजे जिल्ला अस्पताल मुगुमा उपचारकाक्रममा मृत्यु भएको हो। उनी आफ्ना दुई साथीहरूसँग चैत ३ गते रारा भ्रमणका लागि मुगु आएकी थिइन्।

उनीसँगै रहेका अन्य दुई जना शिशिर कोइराला (३३) र विशाल सुवेदी (२६) दुवै बाँके जिल्लाका रहेको जनाइएको छ। तीनै जना रारा क्षेत्रको सल्लेरीस्थित ‘डाफे’ होटलमा बस्दै आएका थिए।

रारा भ्रमणकै क्रममा घिमिरे अचानक बिरामी परेपछि उपचारका लागि जिल्ला अस्पताल मुगु ल्याइएको थियो। मृतकका आफन्त हालसम्म सम्पर्कमा नआएको र उनको परिचय खुल्ने मोबाइल तथा अन्य सामान भने रारा क्षेत्रको उक्त होटलमै रहेको जनाइएको छ।

मृतक लेकलागेर मृत्यु भएकाे आशंका गरिए पनि यसबारे थप जानकारी पाेष्टमाट्रम रिपाेर्टपछि मात्र थाहा हुने जिल्ला अस्पताल मुगुका स्वास्थ्य सेवा ब्यबस्थापक डाक्टर निर्मल नगरकाेटीले जानकारी दिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार