आईतवार, १ चैत्र, २०८२

जुम्लामा वन डढेलो नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

जुम्लामा जिल्ला वन सुरक्षा समन्वय समिति तथा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय जुम्लामा डिभिजन वन कार्यालय जुम्लाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

‘वन डढेलो नियन्त्रणमा प्रभाकारिता,तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने मूल नारासहित जुम्लामा वन डढेलो नियन्त्रण सम्बन्धि साप्ताहिक कार्यक्रम गरिने भएको छ।

डिभिजन वन कार्यालयका प्रमुख भरत बुढ्थापाका अनुसार, ९५ प्रतिशत मानिसको कारणले आगो लाग्ने हुदा हामीले मानिसले नै वन डढेलो नियन्त्रण गर्न सक्छौं।

‘गत वर्ष जुम्लामा वन डढेलो २९ स्थानमा वन डढेलो लागेको र अनुमानित वन क्षेत्र ३३०.२८ हेक्टर वन जंगल डढेलोबाट क्षति भएको’ , उनले भने ।

साथै यो वर्ष वन डढेलो जिल्लामा ६ स्थानमा लागेको जसबाट वन जंगलको क्षति १०० हेक्टर भएको बुढ्थापाले बताएका छन्।

वन डढेलो नियन्त्रण साप्ताहिक कार्यक्रममा प्रचारप्रसार अभियान,विद्यालय स्तरमा सचेतना फैलाउने, अग्निरेखा निर्माण प्रदर्शनी गर्ने, अभिमुखिकरण कार्यक्रम, अभ्यास र प्रबिधि प्रदर्शन
र समापन तथा प्रतिबद्धता लगायत कार्यक्रम गर्ने डिभिजन वन कार्यालयले जनाएको छ।

त्यस्तै कार्यबाहक प्रमुख जिल्ला अधिकारी मिनबहादुर रावलले आगलागी गर्ने ब्याक्तिलाई कारबाहीको दायरामा डिभिजन वन कार्यालयले ल्याउने र आगलागी जन्य घटनाको लागि हामी सबै सचेत हुनुपर्ने बताएका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार