ज्ञानेन्द्र शाहीले जुम्ली मतदातालाई धन्यवाद प्रकट गरेका छन्।
उनले सामाजिक सञ्जालमा धन्यवाद दिदै उनले लेखेका छन्। ‘सर्वप्रथम हाम्रा सम्पूर्ण भगवानरुपी जुम्लि मतदाता, सहयोगी, शुभेच्छुक र मुलुक भित्र र संसारभर रहनुभएका सम्पुर्ण शुभचिन्तकहरु प्रती हार्दिक धन्यवाद एवं कृतज्ञता व्यक्त गर्दछु। तपाईहरुको सद्भाव र आशिर्वाद सदा मिलिराखोस।
साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका मुलुकभर र मुलुक बाहिर रहनुभएका सबै तहका नेता कार्यकर्ता र सम्पुर्ण राष्ट्रवादी, देशभक्त नेपालीहरुमा चिन्तित र बिचलित नहुन र उच्च मनोबलका साथ अझै संगठित हुन हार्दिक अनुरोध गर्दछु।
यो विषम परिस्थितिमा मुलुकभर भलै प्राबिधिक रुपमा हामीले निर्वाचन हारेका हौला तर हराएका छैनौं’ ,उनले लेखेका हुन्।
हामी फेरि उठ्ने छौं !
हामी फेरि जुट्ने छौं !
नयाँ सिरा बाट …….
जय राष्ट्रवाद ! जय नेपाल !! जय कर्णाली !!!














