मंगलवार, ५ फाल्गुन, २०८२

हुम्लामा सेवा सुविधा कम भएको भन्दै निर्वाचन प्रहरी आन्दोलित

सेवासुविधा कम भएको भन्दै निर्वाचन प्रहरीहरूले हुम्लामा आन्दोलन गरेका छन्।

उनीहरूले आफ्नो सेवासुविधा कम भएको भन्दै त्यसको विरोधमा नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।

प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले निर्वाचन प्रहरीहरूले सेवासुविधाको कुरा उठाएर नाराबाजी गरिरहेको र त्यसबारे बुझ्ने काम भइरहेको बताए।

निर्वाचन प्रहरीको असन्तुष्टिबारे बुझ्ने काम भइरहेको उनको भनाइ छ।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा ५९५ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ।

निर्वाचन प्रहरीहरूले भने पहिले भनिएको भन्दा कम तलब दिन लागिएको सुनेपछि आन्दोलनमा उत्रिएको बताएका छन्।

प्रमुख जिल्ला अधिकारी रेग्मीले नियम कानुनअनुसार नै उनीहरूले सेवासुविधा पाउने बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार