मंगलवार, ५ फाल्गुन, २०८२

नेपाली काँग्रेस जुम्लाका उम्मेदवार दीप बहादुर शाहीको प्रतिज्ञा पत्र सार्वजनिक

प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेस जुम्लाका उम्मेदवार दीप बहादुर शाहीले ‘समुन्नत जुम्ला, सुखी जुम्लाबासी’ नारासहित आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन्। लोकतन्त्र, सुशासन र समग्र विकासलाई केन्द्रमा राख्दै उनले जुम्लाको आवाज राष्ट्रिय तहमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिज्ञा पत्रमा पार्टीका प्रभावशाली नेता गगन कुमार थापाको मार्गदर्शनमा भावी सरकार निर्माण हुने विश्वास व्यक्त गर्दै शाहीले सेवा र समर्पणका भावनासहित उम्मेदवारी दिएको उल्लेख गरेका छन्।

शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि, जडीबुटी, संस्कृति र पर्यटनलाई प्राथमिकतामा राख्दै उनले सामुदायिक विद्यालय सुधार, प्राविधिक विश्वविद्यालय स्थापना, स्वास्थ्य सेवा विस्तार, सडक तथा जलविद्युत् आयोजना, सिँचाइ, सञ्चार सुविधा, स्याउ तथा जडीबुटी प्रवर्द्धनलगायत कार्यक्रम अघि बढाउने प्रतिवद्धता जनाएका छन्।

त्यसैगरी, सिंजा उपत्यका, धार्मिक तथा ऐतिहासिक स्थलहरूको संरक्षण, पर्यटन पूर्वाधार विकास र खस सभ्यताको प्रवर्द्धनमा विशेष ध्यान दिने उनले बताएका छन्।

जुम्लाको माटोमा हुर्किएको प्रतिनिधिले मात्र यहाँका पीडा बुझ्न सक्ने भन्दै शाहीले विकास, सुशासन र समुन्नत भविष्यका लागि आफूलाई मत दिन मतदातासँग आग्रह गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार