मंगलवार, ५ फाल्गुन, २०८२

मनऋषि धितालद्वारा जुम्ला विकासको संकल्पपत्र सार्वजनिक

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार मनऋषि धिताल ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि जुम्लाबाट आफ्नो विस्तृत संकल्पपत्र सार्वजनिक गरेका छन्। संकल्पपत्रमा जुम्लाको ऐतिहासिक, सांस्कृतिक, आर्थिक तथा सामाजिक विकासलाई केन्द्रमा राख्दै वैकल्पिक राजनीतिको सन्देश प्रस्तुत गरिएको छ।

४७ वर्षीय धिताल सिञ्जा गाउँपालिका–धिताललिही निवासी पूर्व पत्रकार तथा लेखक हुन्। विगत ३० वर्षदेखि पत्रकारितामा सक्रिय रहेका उनी सशस्त्र द्वन्द्वकालमा पनि सत्य र न्यायको पक्षमा लेखनमा संलग्न थिए। पूर्व माओवादी पृष्ठभूमिबाट आएका उनी जनार्दन शर्मासँग निकट रहेको बताइन्थ्यो। यसपटक उनी प्रगतिशील लोकतान्त्रिक पार्टी बाट पहिलो पटक चुनावी मैदानमा उत्रिएका हुन्।

उनको मुख्य नारा ‘दासता होइन, आस्थाको राजनीति गरौं, स्वार्थको होइन, सेवाको राजनीति गरौं’ रहेको छ। संकल्पपत्रमा जुम्लालाई समृद्ध जिल्ला बनाउने लक्ष्यसहित ऐतिहासिक पुनर्जागरण, पर्यटन विकास, कृषि व्यावसायिकीकरण, शिक्षा स्वास्थ्य सुधार, युवा रोजगारी, पूर्वाधार विकास र सुशासनलाई प्राथमिकतामा राखिएको छ।

धितालले पुराना राजनीतिक दलहरूको आश्वासनमुखी राजनीतिविरुद्ध वैकल्पिक बाटो प्रस्तुत गरेको बताए। उनले भने, ‘जुम्लालाई नमुना जिल्ला बनाउने र खस सभ्यताको गौरव पुनर्स्थापना गर्ने उनको लक्ष्य रहेको छ।’

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार