शुक्रबार, १ फाल्गुन, २०८२

कुटीरोले १० शहरमा गर्ने अतलको यात्राको मध्येबास काठमाडौं हुँदै

देशभरका १० वटा सहरमा सञ्चालन भइरहेको चर्चित साहित्यकार महेन्द्र अतलको ‘साहित्यक यात्रा’ अन्तर्गत पाँचौँ बसाइँ काठमाडौंमा हुने भएको छ। कुटीरोले आयोजना गरेको यो यात्राको मध्यबास राजधानी काठमाडौंमा तय गरिएको हो।

आगामी फागुन ३ गते कला घर काठमाडौंमा आयोजना हुने कार्यक्रम दिउँसो २ बजेबाट सुरु हुनेछ। यस कार्यक्रमको व्यवस्थापन कलाकार गोविन्द सुनारले गर्ने भएका छन्।

कला घरका सञ्चालक समेत रहेका सुनारले साहित्य र कलालाई एकै मञ्चमा जोड्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको जानकारी दिएका छन्।

यसअघि जुम्ला, सुर्खेत, धनगढी र महेन्द्रनगरमा कार्यक्रम सम्पन्न भइसकेको छ। काठमाडौं पाँचौँ बसाइँका रूपमा तय गरिएको हो।

कुटीरो डट कमका कार्यकारी सम्पादक महेश नेपालीका अनुसार काठमाडौंको कार्यक्रमलाई यात्राको ‘मध्यबास’का रूपमा लिइएको छ। ‘यो बसाइँपछि यात्रा थप प्रभावकारी रूपमा अन्य सहरतर्फ अघि बढ्नेछ,’ उनले भने।

आयोजक संस्था कुटीरो डट कमले देशभर साहित्यिक चेतना फैलाउने उद्देश्यसहित यो अभियान सञ्चालन गर्दै आएको छ। कार्यक्रममार्फत नयाँ पुस्तालाई साहित्यतर्फ आकर्षित गर्नुका साथै सर्जक र पाठकबीच प्रत्यक्ष संवाद स्थापित गर्ने लक्ष्य लिइएको आयोजकको भनाइ छ।

साहित्यकार महेन्द्र अतलले कुटीरोको पहलले देशका विभिन्न सहरमा साहित्यिक जागरण फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए। ‘साहित्यलाई राजधानीमा मात्र सीमित नराखी गाउँ–सहरसम्म पुर्‍याउने प्रयास सराहनीय छ,’ उनले भने।

१० सहर समेट्ने लक्ष्यसहित अघि बढिरहेको यो साहित्य यात्राले आगामी दिनमा थप सहरहरूमा पनि कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। 

काठमाडौंको मध्यबासलाई यात्राको महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। यो कार्यक्रममा महेन्द्र अतलको चर्चित कविता गधाको यात्रा स्मरणको विशेष प्रस्तुति समेत रहनेछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार