बुधबार, २१ माघ, २०८२

कर्णालीलाई प्राथमिकतामा राख्न मन्त्री चौलागाईँको आग्रह

भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईँ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठबीच भेटघाट भएको छ।

मंगलबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा भएको भेटघाटमा कर्णाली प्रदेशका सवालमा विशेष छलफल गरिएको थियो।

भेटमा मन्त्री चौलागाईँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कर्णाली प्रदेशलाई विशेष प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे।

कर्णालीमा गैरसरकारी संघ संस्थामार्फत ठूलो बजेट गइरहेको भन्ने गलत भाष्यप्रति ध्यानाकर्षण गराउँदै उनले गत आर्थिक वर्ष समाज कल्याण परिषद्बाट स्वीकृत परियोजनाहरूको अध्ययन गर्दा करिब ३ प्रतिशत हाराहारीको बजेट मात्र कर्णालीमा पुगेको तथ्य स्पष्ट पारे।

मन्त्री चौलागाईँले यस्ता तथ्यहरू सरकारी निकाय र आधिकारिक कागजातमार्फत सार्वजनिक गर्न आवश्यक रहेको उल्लेख गर्दै विकास साझेदार तथा सम्बन्धित मन्त्रालयहरूले महिला, बालबालिका र ज्येष्ठ नागरिकका विषयमा कर्णालीलाई विशेष प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए।

जवाफमा मन्त्री श्रेष्ठले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय कर्णालीलाई प्राथमिकतामा राखेर काम गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरिन्।

उनले समाज कल्याण परिषद्को सुधार (रिफर्म) प्रक्रियामा मन्त्रालय सक्रिय रहेको र परिषद्लाई डिजिटलाइज गर्ने काम सुरु भइसकेको जानकारी दिइन्।

भेटघाटमा कर्णालीका जेनजी तथा युवा अगुवाहरुको समेत सहभागिता रहेको थियो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार