बुधबार, २१ माघ, २०८२

सबै कार्यक्रम स्थगित गर्दै काठमाडौं हिँडे बालेन साह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले आफ्नो सबै चुनावी कार्यक्रम स्थगित गर्दै काठमाडौं प्रस्थान गरेका छन्।

चुनावी प्रचार टोलीका सदस्य दीनेश सिटौला अछाममा एक्कासी बेहोस भएपछि उनलाई सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाइएको छ।

उनको स्वास्थ्य अवस्थामा तत्काल सुधार नआएपछि बालेन साहले सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेका हुन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै बालेन साह जुम्ला आउने कार्यक्रम तय भएको थियो।

तर प्रचार टोलीका सदस्यको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उक्त कार्यक्रम स्थगित गरिएको हो।

रास्वपा जुम्लाकी उम्मेदवार विनिता कठायतका अनुसार, बालेन साहसँगै प्रचारमा सहभागी साथीको उपचारलाई प्राथमिकता दिँदै सबै कार्यक्रम रोकेर काठमाडौं जानु परेको हो।

उनले पार्टीले मानवीय संवेदनालाई पहिलो प्राथमिकतामा राख्दै यस्तो निर्णय लिएको बताइन्।

हाल दीनेश सिटौलाको काठमाडौंमा उपचार भइरहेको छ भने उनको स्वास्थ्य अवस्थाबारे थप जानकारी आउन बाँकी रहेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार