आईतवार, २७ पुष, २०८२

जुम्लामा ब्राउन सुगरसहित २२ वर्षीय युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।

आज मिति २०८२ साल ९ महिना १५ गते दिउँसो करिब ३ः३० बजे, जुम्ला चन्दननाथ नगरपालिका वडा नं. ९ उमगाड स्थायी वतन भई हाल वडा नं. ६ छिना गाउँमा बस्दै आएका २२ वर्षीय कविन्द्र रावललाई प्रहरीले पक्राउ गरेको हो।

कविन्द्र रावलले आफ्नै घरमा लागुऔषध लुकाईछिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले निजको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा रावलले लगाएको सेतो रङको ज्याकेटको दायाँ गोजीभित्र कालो प्लास्टिकमा बेरी राखिएको २ वटा पुडिया तथा सुत्ने कोठाको माथिल्लो भागमा रहेको काठको कडीमा लुकाई राखिएको २६ वटा पुडिया फेला परेको प्रहरीले जनाएको छ।

फेला परेका जम्मा २८ वटा पुडिया खोली हेर्दा लागुऔषध ब्राउन सुगर पुष्टि भएको र तौल गर्दा शुद्ध ४ ग्राम ३४० मिलिग्राम रहेको बताइएको छ।

निज कविन्द्र रावललाई तत्काल पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जुम्लाको नियन्त्रणमा राखी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

उक्त घटना स्थल जिल्ला प्रहरी कार्यालय जुम्लाबाट करिब १ किलोमिटर पश्चिमतर्फ पर्ने जनाइएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार