वन तथा वातावरण मन्त्री माधव चौलागाईँले कर्णालीलाई सबै क्षेत्रमा जुरुक्क उठाउनुपर्ने बताएका छन्।
बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय फिल्म महोत्सवको घोषणा कार्यक्रममा बोल्दै मन्त्री चौलागाईँले कर्णालीलाई राजनीतिले विगतदेखि नै पछाडि पारेको स्मरण गर्दै कलाकारिताले कर्णालीलाई माथि उठाउन योगदान गरिरहेको बताए।
‘कलामा शक्ति हुन्छ। यसले एकछिनमै मानिसको सोच परिवर्तन गरिदिन सक्छ। कलाकारिताबाट गरिएको योगदानले कर्णालीलाई माथि उठाउन सहयोग पुर्याउँछ’,मन्त्री चौलागाईँले भने।
साथै उनले कर्णालीप्रतिको राज्यको गलत बुझाइ चिर्न आवश्यक रहेको उल्लेख गर्दै उनले कर्णालीको भाषा, संस्कृति र विविधतालाई चलचित्रमार्फत प्रवर्द्धन गर्न सकिने अवसर समेत रहेको बताए।















