शनिबार, ३० फाल्गुन, २०८२

जुम्ला झारझ्वालामा १९ वर्षीया युवती झुण्डिएको अवस्थामा मृत फेला

जुम्ला जिल्लाको गुठिचौर गाउँपालिका–३ की १९ वर्षीया देवकी रावल झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार दिउँसो करिब २ बजे घरदेखि करिब १० किलोमिटर टाढा पर्ने बैसेनी जंगलमा रुखमा पासो लगाई झुण्डिएको अवस्थामा देवकी रावल मृत अवस्थामा भेटिएको गुठिचौर गाउँपालिका -३ का वडा अध्यक्ष इन्द्र बुढाले जानकारी दिए।

झारज्वाला प्रहरी चौकीबाट प्रहरी सहायक हवल्दार दिनेश थारुको कमाण्डमा दुई जनाको टोली र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी निरीक्षक शालिकराम खनालको कमाण्डमा छ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

घटनास्थल प्रहरी चौकी झारज्वालाबाट करिब ८ किलोमिटर पूर्व र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट करिब १२ किलोमिटर पूर्वमा रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलमा प्रारम्भिक अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी साँझ ४ बजेर २५ मिनेटमा शवलाई पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार