मंगलवार, १९ फाल्गुन, २०८२

जुम्लामा १४ वर्षीया किशोरी झुण्डिएको अवस्थामा मृत फेला

जुम्लाको तातोपानी गाउँपालिका–२ जर्मीमा १४ वर्षीया किशोरी आफ्नै घरको कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार तातोपानी गाउँपालिका–२ जर्मी बस्ने वम बहादुर रावलकी छोरी पुष्पा रावल (१४) आफ्नै घरको कोठाभित्र काठको कडिमा रातो दोपट्टा प्रयोग गरी पासो लगाई झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन्।

मंगलबार बिहान करिब ९:३० बजे मृतक किशोरीका बाजे धनबिर रावलले उनलाई झुण्डिएको अवस्थामा देखेपछि सोही वडाका वडा अध्यक्ष चन्द्र मान बुढाले बिहान १०:२५ बजे टेलिफोनमार्फत प्रहरी चौकी लिताकोट जुम्लामा जानकारी गराएका थिए।

सूचना प्राप्त हुनासाथ प्रहरी चौकी लिताकोट जुम्लाबाट प्रहरी सहायक हवल्दार महेश भण्डारीको कमाण्डमा दुई जनाको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी निरीक्षक शालिकराम खनालको कमाण्डमा छ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको डिएसपी रबिन बाबू रेग्मीले जानकारी दिए।

उनका अनुसार घटनास्थल प्रहरी चौकी लिताकोटबाट करिब २ किलोमिटर तथा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट करिब १० किलोमिटर पश्चिमतर्फ पर्दछ।

‘बिहान ११ बजे घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न पश्चात दिउँसो १२:०० बजे शव पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लातर्फ पठाइएको थियो।’

पोस्टमार्टम प्रक्रिया आज दिउँसो ३:३५ बजे सम्पन्न भई मृतकका बाजे नाता पर्ने धनबिर रावलले शव बुझिलिएको जिल्ला प्रहरी कार्यलय जुम्लाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल