जुम्लाको पातारासी गाउँपालिका १ मा ट्याक्टरले ठक्कर दिदा एकजना युवकको मृत्यु भएको छ।
आज दिउँसो अन्दाजी ४:३० बजे तिर पातारासी १ को सेलागढी गाउँमा ढुङ्गा बोक्न गएको ट्याक्टरले हिडिरहेको अवस्थामा माथाचौर नजिकै पातारासी २ का गोर बहादुर बुढाका छोरा अन्दाजी १७ वर्षका नन्दराम बुढालाई ठक्कर दिदा उनको मृत्यु भएको हो।
क.०२-००१ ट ०१३८ नम्बरको ट्याक्टरले ठक्कर दिएको र चालक धर्मेन्द्र बुढा नाम रहेको बुझिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले जानकारी दिए।
साथै चालक धर्मेन्द्र बुढा फरार रहेको प्रहरी निरीक्षक अधिकारीले बताए।














