सत्य के हो भने संगठन गलत हुँदैन, तर नेतृत्व व्यक्तिले गल्ती गर्न सक्छ। त्यसैले आजको पुस्ता संगठनलाई सुधार्ने, सही बाटो देखाउने, अनि देश निर्माणमा योगदान दिने दिशामा अघि बढ्दै छ।
समाज परिवर्तनको बाटो सजिलो हुँदैन। सत्यको पक्षमा उभिनु, गलतलाई गलत भन्नु, अनि न्यायका लागि आवाज उठाउनु, यही हो नयाँ पुस्ताले लिएको जिम्मेवारी। आजको जेन्जी पुस्ता प्रश्न मात्र गर्दैन, उत्तर खोज्छ।
आलोचना मात्र गर्दैन, वैकल्पिक बाटो देखाउँछ। यही चेतना र जागरणले जुम्लामा अनेरास्ववियुलाई अझ सबल बनाइरहेको छ।
सत्य के हो भने संगठन गलत हुँदैन, तर नेतृत्व व्यक्तिले गल्ती गर्न सक्छ। त्यसैले आजको पुस्ता संगठनलाई सुधार्ने, सही बाटो देखाउने, अनि देश निर्माणमा योगदान दिने दिशामा अघि बढ्दै छ।
जुम्लामा अनेरास्ववियुले लामो समयदेखि छात्रवृत्तिमा हुने अनियमितता विरुद्ध, विकासमा हुने भ्रष्टाचार विरुद्ध र पाठ्यपुस्तकमा देखिने बेथिति विरुद्ध आवाज बुलन्द गरिरहेको छ।
तर हाम्रो आन्दोलन केवल विरोधमै सीमित छैन। हामीले सिर्जना पनि गरेका छौं, विद्यालयमा सरसफाइ अभियान, समाजमा वृक्षारोपण, युवाका लागि खेलकुद प्रतियोगिता, विचारमा निखार ल्याउने वक्तृत्व र हाजिरीजवाफ, अनि कला र सिर्जनशीलतालाई उजागर गर्ने चित्रकला तालिम।
यी सबैले के प्रमाणित गर्छ भने, अनेरास्ववियु केवल नाराको संगठन होइन, कर्मको संगठन हो।
म संगठनमा कुनै स्वार्थका लागि आएको होइन। मेरो संकल्प छ, समाजलाई परिवर्तन गर्ने, बेथिति तोड्ने, र नयाँ युग निर्माण गर्ने। सत्य र सहिको बाटोमा लाग्ने हिम्मत गर्नेहरूसँग सधैं जनताको साथ रहन्छ भन्ने दृढ विश्वास ममा छ।
अब अनेरास्ववियुले गलतलाई गलत भनी निर्भिक आवाज उठाउने, सही विचारलाई सिर्जनात्मक ढंगले अघि सार्ने, समाजमा जागरण र राष्ट्रमा परिवर्तन ल्याउने लगायत अझ ठूला जिम्मेवारी लिनुपर्छ।
आजको जेन्जी पुस्ता मौन बस्दैन। उनीहरूले प्रश्न गर्छन्, प्रतिरोध गर्छन्, अनि कार्यद्वारा उदाहरण देखाउँछन्। यही ऊर्जा, यही साहस, यही संकल्प नै हाम्रो समाज र राष्ट्रको भविष्य हो।
(लेखक भण्डारी, अनेरास्ववियुका सचिवालय सदस्य हुनुहुन्छ।)
















