यहाँ नेता बदलिन्छन्, योजना बदलिन्छ। राजमार्ग बनाउने ठाउँमा मान्छे हिँड्ने फुटपाथ बनाइन्छ।नेताहरू चुनावमा गाउँ सम्झिन्छन्, जितेपछि राजधानीमै हराउँछन्।
नेपाल देश गजबको देश हो। यहाँ योजना पास कागजमै हुन्छ। सडक बनाउँदा बनाउँदै कोच्चिन्छ । काम भन्दा पनि कमिसन अगाडि तय हुन्छ, अनि मात्र विकासको नक्सा कोरिन्छ।
यहाँ नेता बदलिन्छन्, योजना बदलिन्छ। राजमार्ग बनाउने ठाउँमा मान्छे हिँड्ने फुटपाथ बनाइन्छ।नेताहरू चुनावमा गाउँ सम्झिन्छन्, जितेपछि राजधानीमै हराउँछन्। पाँच वर्षमा एकचोटि गरिबका झुपडी हेर्न आउँछन् त्यही पनि भोट माग्नका निम्ति, अरु बेला थुक्क,गरिब भन्नेहरू यतिखेर हात जोड्छन्। जुन हात देश लुट्ने हात हो।
नेपालमा छन् त धेरै नियम छन्। तर किन नेताको छोरो कारागार जाँदा एक हप्ता नबित्दै आफ्नो घर र झुपडीमा बसेर गद्दारिएको मान्छे जाँदा अहो! नेपालका कानुन त कापीका पानामा मात्र सीमित छन्। सर्वसाधारणका निम्ति मात्र बनाइएको कानुन हो,कि त सम्माननीय नेताज्यूका वंशले पनि यो कानून मान्न तयार हुनुपर्यो। यहाँ दोषी खोज्दा लाटो जनता खोजिन्छ। दोषी चाहिँ आफ्नै चिल पारामा!
खाडीमा बगाएको पसिनाको १५% ले देश चलेको छ। जस रेमिट्यान्स हो। गर्व गर्छ देश होनहार युवा भनेर! नेपाल यस्तो देश हो, जहाँ समस्या सबैलाई थाहा छ, समाधान गर्न कसैलाई चासो छैन्। भाषणमा देश बन्छ,माइक बन्द भएपछि सबै बिर्सिन्छ। तर पनि जनताको धैर्य गजबको छ। भोक सहन्छ, पीडा सहन्छ, आशा चाहिँ छोड्दैन।
नेतालाई मात्र कति भन्नु जनता पनि उस्तै भेडा, खान्छन् चाउचाउ गेडा, भोट हाल्छन् निस्वार्थकन रगेडा, भन्ने हो भने जनता पनि उस्तै छन्। राम्रोसँग मतपत्र देख्दैनन्। दियोमा हाल्ने तेल बियरमा हाल्छन्। यानकी राम्रोमा हाल्ने ठाउँमा बाछीघोओमा हाल्छन्। यदि आँखा कमजोरी भए भोलिदेखि गइहालौं अस्पतालमा मिसन फागुन २१ मा काम लाग्छ नि है।















