राष्ट्रिय प्रजातन्त्र पार्टी जुम्लाले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष तर्फ ज्ञानेन्द्र शाहीलाई एकल उम्मेदवारको रूपमा सिफारिस गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जुम्लाबाट शाहीलाई एकल उम्मेदवारको रुपमा सिफारिस गरिएको हो।
राप्रपा जिल्ला कार्यसमिति जुम्लाले पार्टीको केन्द्रीय कार्यालय काठमाडौंलाई पठाएको पत्रमार्फत प्रत्यक्ष तथा समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवारहरूको नाम सिफारिस गरेको हो।
त्यस्तै समानुपातिक तर्फ पुरुष कोटाबाट रमानन्द न्यौपाने, बिर्ख बहादुर कठायत, पूर्णसिंह कठायत, गंग प्रसाद उपाध्याय, बिन बुढा, जयन्त महत, अनिल थापा र असमिन सेजुवाल सिफारिसमा परेका छन्।
त्यसैगरी समानुपातिक तर्फ महिला कोटाबाट पञ्चकलि बुढा, बसन्ता कुमारी शाही र जानदेवी शर्मालाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।
यस्तै समानुपातिक तर्फ बल बहादुर बस्याल, बिपुना नेपाली र महालक्ष्मी बिटालु सिफारिस भएका छन्।
जिल्ला कार्यसमिति जुम्लाका अध्यक्ष देविकृष्ण न्यौपानेद्वारा हस्ताक्षरित पत्रमा पार्टीको नीति, सिद्धान्त र समावेशी प्रतिनिधित्वलाई मध्यनजर गर्दै उम्मेदवार सिफारिस गरिएको उल्लेख गरिएको छ।

















