सोमबार, ८ पुष, २०८१

एनपीएल विजेताले १ करोड ११ लाख रुपैयाँ पाउने

एनपीएलको फाइनल खेल पुस ६ गते हुनेछ।

नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ। शनिबार एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने जानकारी गराइएको हो।

प्रतियोगिताको उपविजेताले ५० लाख पाउँछन भने तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।

त्रिवि क्रिकेट मैदानमा भइरहेको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स खेल्दैछन्।

सिंगल राउन्ड रोबिनका आधारमा हुने एनपीएलमा लिग चरणमा कुल २८ खेल हुनेछ। प्रतियोगिताको शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन्।

पहिलो र दोस्रो हुने टिमबीच पहिलो क्वालिफायर खेल हुनेछ। यस खेलको विजेताले सीधै फाइनलमा स्थान बनाउनेछ भने तेस्रो र चौथो हुने टोलीले एलिमिनेटर खेल खेल्नेछन्।

एलिमिनेटरमा पराजित हुने टोली बाहिरिँदा एलिमिनेटरको विजेता र पहिलो क्वालिफायरको पराजित टोलीबीच दोस्रो क्वालिफायर खेल हुनेछ। यसको विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

एनपीएलको फाइनल खेल पुस ६ गते हुनेछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार