यसअघि समस्याको समाधान गर्न पटक–पटक छलफल भए तापनि प्रभावकारी नतिजा ननिस्किएकोले तत्कालका लागि हल बन्द गर्नुपर्ने अवस्था आएको बताइएको छ।
जिल्ला खेलकुद विकास समितिले जुम्ला स्थित कभर्ड हल बन्द गर्ने निर्णय गरेको छ।
समितिले २०८० भाद्र १ देखि हालसम्म हल सञ्चालन गर्दा उत्पन्न समस्या र व्यावसायिक हिसाबले नोक्सानी बेहोर्नु परेको कारण यो कदम चालेको जानकारी दिएको छ।
यसअघि समस्याको समाधान गर्न पटक–पटक छलफल भए तापनि प्रभावकारी नतिजा ननिस्किएकोले तत्कालका लागि हल बन्द गर्नुपर्ने अवस्था आएको बताइएको छ।
जिल्ला खेलकुद विकास समितिका प्रमुख बरम महतले विज्ञप्ति निकाल्दै भनेका छन्, “व्याडमिन्टन संघ नियम विपरीत देखिएकाले मंसिर ५ गतेदेखि हल बन्द नै रहनेछ।”
उक्त निर्णयले खेलाडी तथा खेलकुद प्रेमीहरूलाई असुविधा भएको ब्याडमिन्टन संघ जुम्लाका अध्यक्ष राजेश श्रेष्ठले बताए।