मंगलवार, ९ पुष, २०८१

जिल्ला स्तरीय दलित फुटबल प्रतियोगिताको उपाधि देउती कैलाश युवा क्लबलाई 

देउती कैलाशका गोलरक्षकले उत्कृष्ट बचाउ गरे। उनले निर्णायक पेनाल्टी बचाउ गर्दै आफ्नो टिमलाई ३-२ को जित दिलाए। 

जुम्लामा पहिलो पटक आयोजना भएको जिल्लास्तरीय दलित पुरुष फुटबल प्रतियोगिताको उपाधी देउती कैलाश युवा क्लबले तिला -३ कुडारीले हात पारेको छ। 

टुँडिखेलमा सम्पन्न रोमाञ्चक र प्रतिस्पर्धात्मक फाइनल खेल  देउती कैलाशले समाज चेतना युवा क्लब हिँयाखोलालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै विजय हासिल गर्‍यो।

फाइनल खेलको शुरुवातमा समाज चेतना युवा क्लब हिँयाखोलाले आक्रामक प्रदर्शन गर्दै पहिलो हाफमै १-० को अग्रता लिएको थियो। खेलको अन्तिम समयमा देउती कैलाशका खेलाडीहरूले बलियो प्रदर्शन गर्दै बराबरी गोल फर्काए।

देउती कैलाशका गोलरक्षकले उत्कृष्ट बचाउ गरे। उनले निर्णायक पेनाल्टी बचाउ गर्दै आफ्नो टिमलाई ३-२ को जित दिलाए। 

समाज चेतना युवा क्लबका गोलरक्षकले पनि पेनाल्टीमा उत्कृष्ट प्रयास गरेका थिए, तर अन्तिम समयमा गोल गर्न चुकेपछि उपाधि देउती कैलाशको पक्षमा गयो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार