मंगलवार, ९ पुष, २०८१

अन्तर मेडिकल कलेज स्तरीय खेलकुदमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ११ स्वर्णसहित २१ पदक

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद एक लाख, ७५ हजार र ५० हजार रुपैयाँ, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियोे।

अन्तर मेडिकल कलेज स्तरीय खेलकुद प्रतियोगितामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले २१ वटा पदक विधामा जीतेको छ।

कुल २१ वटा पदक जितेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ११ वटा स्वर्ण पदक जितेको छ भने सात कास्य पदक र तीन रजत पदक जितेर समग्रमा प्रथम स्थान हासिल गरेको खेलकुद समितिका सचिव निशान्त लामाले बताए।

उनका अनुसार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा, मकवानपुर दुई स्वर्ण, एक कास्य र दुई रजत पदक सहित दाेस्राे भयो भने एक स्वर्ण, दुई कास्य र तीन रजत पदकसहित किस्ट मेडिकल कलेज, ललितपुर तेस्रो भयो।

क्रमश राजर्षिजनक विश्वविद्यालय, जनकपुरधाम, धनुषाले समान तीन तीन रजत र कास्य पदक जित्दै चाैथाे स्थान हासिल गनर्न सफल भए।

फुटबल प्रतियोगिताकाे उपाधि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा, मकवानपुरले जित्याे। उसले किस्ट मेडिकल कलेज, ललितपुरसँग निर्धारित समयमा एकएक बराबरी भएपछि पेनाल्टी सुटआउटमा ५-४ गाेल अन्तरले उपाधि जितेकाे हाे।

पेलान्टीमा चुक्दा किस्ट मेडिकल कलेज, ललितपुर द्वितीय स्थान मै चित्त बुझाउन बाध्य भयाे । किष्टसँग सेमिफाइनल हारेकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले भने तृतीय स्थान हासिल गरेकाे खेलकुद समितिका संयोजक विवेक पुन मगरले बताए।

उनका अनुसार क्रिकेट प्रतियोगितामा किष्ट मेडिकल कलेज, ललितपुर प्रथम, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला दाेस्राे र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा, मकवानपुर तेस्राे स्थान हासिल गर्न सफल भए।

छात्रा भलिबलमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रथम भएकाे छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा, मकवानपुर दाेस्राे र किस्ट मेडिकल कलेज, ललितपुर तेस्राे भएका हुन्।

छात्रा भलिबल प्रतियोगितामा पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रथम भएकाे छ। राजर्षिजनक विश्वविद्यालय, जनकपुरधाम, धनुषा दाेस्राे भयो।

त्यस्तै छात्र टेबल टेनिसमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा, मकवानपुर प्रथम, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला दाेस्राे र महाराजगंज चिकित्सा क्याम्पस, चिकित्साशात्र अध्यायन संस्थान, महारजगन्ज, काठमाडौं तेस्राे भएका छन्।

छात्रा टेबल टेनिसमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रथम र दाेस्राे स्थान हासिल गरेकाे छ भने तेस्रो स्थान राजर्षिजनक विश्वविद्यालय, जनकपुरधाम, धनुषा भएकाे छ।

चेसमा प्रथम र दाेस्राे स्थान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले हासिल गरेकाे छ भने किस्ट मेडिकल कलेज, ललितपुर तेस्राे भएकाे छ।

कविता प्रतियोगितामा भने चिकित्साशात्र अध्यायन संस्थान, महारजगंज, काठमाण्डौं प्रथम भएकाे छ। दाेस्राे र तेस्राे स्थान भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले हासिल गरेकाे छ।

हाजिरी जवाफ प्रतियोगितामा पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रथम भएकाे छ। चिकित्साशात्र अध्यायन संस्थान, महारजगंज, काठमाण्डौं दाेस्राे र किस्ट मेडिकल कलेज, ललितपुर तेस्राे भएकाे छ।

छात्रतर्फ एक सय मिटर दाैडमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पहिलाे र द्वितीय स्थान हासिल गरेकाे छ भने राजर्षिजनक विश्वविद्यालय, जनकपुरधाम, धनुषा तेस्राे भएकाे छ।

छात्रातर्फ एक सय मिटर दाैडमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पहिलाे र तृतीय स्थान हासिल गरेकाे छ भने राजर्षिजनक विश्वविद्यालय, जनकपुरधाम, धनुषाले द्वितीय स्थान हासिल गरेकाे छ।

छात्रा १५ सय मिटर दाैडमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पहिलाे र द्वितीय भयो छ भने राजर्षिजनक तेस्राे भयो।

छात्र ५ हजार मीटर दाैडमा पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रथम भएकाे छ। चिकित्साशात्र अध्यायन संस्थान, महारजगंज, काठमाण्डौं दाेस्राे भएकाे हाे। राजर्षिजनकले तेस्राे स्थान हासिल गरेकाे हाे।

छात्रतर्फ १×४ सय मीटर दाैडमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रथम, किस्ट मेडिकल कलेज, ललितपुर दाेस्राे र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा, मकवानपुर तेस्राे हुन सफल भए।

छात्रातर्फ ४ सय मीटर दाैडमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रथम र राजर्षिजनकले दाेस्राे भएका हुन्।

प्रतियोगितामा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरधाम, धनुषा, राजर्षिजनक विश्वविद्यालय, जनकपुरधाम, धनुषा ,मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा, मकवानपुर सहभागी भएका थिए।

प्रतियोगिता तीन स्थानमा सञ्चालन गरिएको थियोे। कर्णाली प्राविधिक शिक्षालय, जुम्ला बहुमुखी क्याम्पस र नेपाली सेनाकाे खेल मैदानमा भएका थिए।

प्रतियोगिता १६ गतेबाट सरु भई शनिबार सकिएको थियोे। पुरस्कार वितरण समारोह सासंद कान्तिका सेजुवालको प्रमुख आथित्यताका सम्पन्न भएको थियोे।

प्रतियोगिताले कर्णालीलाई थप चिनाएको सांसद सेजुवालले बताइन्। उनले भनिन्, ‘प्रतिष्ठान कर्णालीको सान हो। यस्तो आयोजना निरन्तर गरेर देशभरका मेडिकल विद्यार्थीलाई कर्णाली दुर्गम होइन भनेर देखाउन म प्रतिष्ठानको नेतृत्वलाई आग्रह गर्छु।’

प्रतियोगिताका कारण देशभर मेडिकल विद्यार्थीलाई कर्णालीमा ल्याउन सकिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले बताए।

उनफे भने, ‘लामो समय विकटताको पर्याय मानिएको जुम्लामा देशभरबाट विद्यार्थी आएर खेलकुद प्रतियोगितामा सामेल हुँदा कर्णालीलाई देशले चिन्ने गरि निर्माण भएको खराब भाष्य बदल्न सहयोग पुगेको छ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानले आयोजना गरेको अन्तर मेडिकल कलेज स्तरीय खेलकुद प्रतियोगितामा भाग लिन देश भरीबाट कठिन यात्रा गर्दै झरीले बगाएको बाटो छिचोल्दै आउनु सकारात्मक पक्ष भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबल बहादुर धामीले बताए।

पछिल्लो समय स्वास्थ्य शिक्षा दिने अब्बल संस्था सावित हुँदै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको स्थानबारे अनेक खालका टिप्पणी भइरहेको हुनाले ठाउँ चिनाउनका लागि भए पनि अन्तर मेडिकल कलेज स्तरीय खेलकुद आयोजना गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बताए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नवोउदित उत्कृष्ट शैक्षिक गन्तव्य हुँदाहुँदै पनि भुगोललाई हेरेर प्राथमिकतामा नपार्ने गरिएकोमा यो खेलको आयोजनाले कर्णाली दुर्गम होइन भन्न मानसिक निर्माण गर्न सहयोग पुग्ने हुनले यसको ख्याती झनै बढेको छ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद एक लाख, ७५ हजार र ५० हजार रुपैयाँ, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियोे।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार