मंगलवार, ३ असार, २०८२

कविता : जातीय विभेद

फेरि पनि जातीय विभेद विरुद्ध,
लेख्न बाध्य भए मेरा औंलाहरु
के त्यो संविधानको किताब लेख्ने औंलाले
समानताको हक किन लेखेनन्?
भएका नभएको विचित्र हेर्ने आँखाले
जातिय विभेद किन देखेनन्।

एउटा निर्दोष मरिरहन्छ
अर्कोले जातीय विभेद गरिरहन्छ
राज्यले घुसपैठ गरिरहन्छ
अनि एउटा मार्‍यो एक दलित परिवार सकिन्छ
किन हेर्दैन न्यायलयले
कति अच्चम छ!
एउटा मर्‍यो अर्कोले फैसला गर्‍यो।
कति अच्चम छ!

कसैले अधिकार खोज्दा जात जनायो भन्यो
दिनदिनै बढिरहेका छन्,
यहाँ जातीय घटनाहरु
अनि दिनदिनै लुकाई रहेको छ,
दोषीलाई राज्यले
अनि एकले भन्छ तिमीले जातीय कोठा पायौं त
त्यो भन्दा के चाहियो ?

अनि अर्कोले भन्छ सानो जात सानो सोच
यो अवगत किन रहेन उनीहरुलाई
मानिस सम्मान हुन भन्ने
जति हिजोको पुर्खाले जति सहेर बसे
त्यो हामी आजको पुस्ताले सहने छैनौं

बरु रगत बगाउन तयार छौं
ज्यानको बाजी लगाउन तयार छौं
तर यो शरीरलाई जातीय विभेद स्वीकार छैन।
यो हातले अब फेरी श्रद्धाञ्जली लेखिरहन।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार