शोक आउँछ ठुलामान्ठ्यालाई दशैँ तिहार जस्तै,
गरिबका हणिया चिसा, ऋणका भार जस्तै।।
नेताका बाकस विकासका, नियतम्या व्यापार,
दाल्याको राज चल्याछ नीति अड्बार जस्तै।।
हरेक साल बजेट आउँछ, फेरिन्न कर्णालीको हाल,
नयाँ आर्थिक वर्ष लाग्छ, उही पुरानो उधार जस्तै।।
नेताका महल उझ्याला, जन्ताका कुडि अँध्यार,
एउटै आकासम्या भाग्य फरक, दुई संसार जस्तै।।
भोट माग्दा हात जोड्ढा, जितेपछि मुखै फेर्ढा,
कर्णालीका मान्ठको भोट चुनावी औजार जस्तै।।
निरज कुमार माझी
















