सोमबार, ८ पुष, २०८१

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० करोडको शैक्षिक भवन

कार्तिक २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिएको यो अत्याधुनिक भवन ३० करोड रुपैयाँको लागतमा निर्माण भएको रजिस्ट्रार नृपेन्द्र महतले बताए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लाले अन्ततः आफ्नै शैक्षिक भवन प्राप्त गरेको छ। यो उपलब्धिले स्वास्थ्य शिक्षा र सेवा क्षेत्रमा ठूलो आर्थिक तथा गुणात्मक सुधारको संकेत गर्दछ।

कार्तिक २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिएको यो अत्याधुनिक भवन ३० करोड रुपैयाँको लागतमा निर्माण भएको रजिस्ट्रार नृपेन्द्र महतले बताए।

छ तला र ५५ कोठा रहेको यो भवनमा पुस्तकालय, ल्याब, पदाधिकारी कक्ष, र कक्षाकोठासहितका सुविधाहरू उपलब्ध छन्।

भवनको अभावमा अध्ययन-अध्यापन सञ्चालनका लागि प्रतिष्ठानले जुम्ला बहुमुखी क्याम्पस र निर्माण व्यवसायी संघको हल भाडामा लिँदै आएको थियो।

नयाँ भवनले विद्यार्थीहरूका लागि गुणस्तरीय पठनपाठनको वातावरण सिर्जना प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबलबहादुर धामीले बताए।

उनका अनुसार नयाँ भवनले स्वास्थ्य शिक्षाका कार्यक्रम थप प्रभावकारी बनाउन सहयोग पुर्‍याउनेछ।

२०६८ सालमा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अहिले स्नातकदेखि स्नातकोत्तरसम्मका एक दर्जनभन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ। यसका लागि करिब एक सय जना प्राध्यापक कार्यरत छन्।

भवन अभावका कारण प्रतिष्ठानले वर्षेनी करोडौं रुपैयाँ भाडामा खर्च गर्दै आएको थियो। अब यो खर्च कटौती भई अन्य विकासशील क्षेत्रमा लगानी गर्न सकिनेछ।

कर्णाली प्रतिष्ठानले स्नातक तहमा बीपीएच (पब्लिक हेल्थ), एमपीएच, बीफार्मा, एनफार्मा, ब्याचलर अफ नर्सिङ साइन्स, मिडवाइफ्री साइन्स, बीएसी नर्सिङ र एमबीबीएस कक्षहरू सञ्चालन गरिरहे उपकुलपति डा. मंगल राववले बताए।

उनका अनुसार स्नातकोत्तर तहमा एमडीजीपी, एमडी पीड्याट्रिक्स र एमडी एनएस्थेसियाजस्ता कार्यक्रम उपलब्ध गराइँदैछ।

पहिले स्वास्थ्य सेवाका लागि अन्यत्र निर्भर कर्णाली क्षेत्र अहिले डाक्टर उत्पादन गर्न सफल भएको छ। यो क्षेत्रका लागि यो भवनले स्थानीय तथा राष्ट्रिय रूपमा ठूलो आर्थिक र सामाजिक योगदान दिने विश्वास गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार