सुशासन, संस्थागत जग र परिणाममुखी राज्य

सुशासन र डेलिभरी प्रतिस्पर्धी होइनन्, पूरक हुन्। परिणामविहीन सुशासन निष्प्रभावी हुन्छ भने विधिविहीन परिणाम क्षणभंगुर। त्यसैले लक्ष्य जति महत्त्वपूर्ण छ, त्यहाँसम्म पुग्ने संस्थागत बाटो पनि उत्तिकै विधिसम्मत र जवाफदेही हुनुपर्छ। समाजको समग्र रूपान्तरणलाई मूल्याङ्कन गर्दा सधैँ निराशा र नकारात्मक भाष्य मात्र निर्माण गर्नु वस्तुनिष्ठ हुँदैन। पछिल्ला दशकहरूमा पूर्वाधार, स्वास्थ्य र शिक्षाका क्षेत्रमा केही उल्लेख्य प्रगति […]





