आईतवार, २९ चैत्र, २०८२

जुम्लाका युवाहरु सामाजिक सेवा गरि जन्मदिन मनाउँदै

जुम्लामा जन्मदिनलाई सामाजिक सेवासँग जोड्ने सकारात्मक अभ्यास देखिन थालेको छ। पछिल्लो समय युवाहरूले व्यक्तिगत उत्सवलाई समाजोपयोगी कार्यमा रूपान्तरण गर्दै उदाहरणीय सन्देश दिइरहेका छन्। यसै क्रममा जुम्ला चन्दननाथ नगरपालिका -१० का रुपेश जंग शाहीले आफ्नो जन्मदिनको अवसरमा चन्दननाथ -८ जातिभिडमा पुगेर कापी, कलम लगायतका स्टेशनरी सामग्री वितरण गरे। उनले विद्यालय जाने बालबालिकालाई लक्षित गर्दै आवश्यक शैक्षिक […]

सुर्खेतमा जुवाखेलिरहेको अवस्थामा ६ जना पक्राउ, नगद र तास बरामद

सुर्खेत, चैत २८ — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदे क्षेत्रबाट नगद राखी हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आज दिउँसो करिब ३:०० बजे ललित केसीको घरमा जुवाखेल भइरहेको विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले छापा मार्दा उनीहरूलाई रंगेहात पक्राउ गरेको हो। घटनास्थलबाट १२ गड्डी तास […]

दैलेखमा चक्कु प्रहार, दुई जना घाइते — आरोपी फरार

दैलेख जिल्लाको ठाँटिकाँध गाउँपालिका–६ स्थित ओखलढुङ्गा बजारमा सामान्य विवादले उग्र रूप लिँदा चक्कु प्रहार भएको छ। उक्त घटनामा दुई जना घाइते भएका छन्। स्थानीय स्रोतका अनुसार दुई पक्षबीच भएको झगडा छुट्याउन गएका एक व्यक्तिसमेत घाइते भएका हुन्। विवादका क्रममा एक व्यक्तिले चक्कु प्रहार गर्दा दुबै जना घाइते भएका बताइएको छ। घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार […]

राकम कर्णालीमा निःशुल्क स्वास्थ्य शिविर, बढी बिरामी मधुमेहका

जिल्लाको आठबीस नगरपालिकास्थित राकम कर्णाली आधारभूत अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। अस्पतालको आयोजना तथा नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको शिविरमा ६० भन्दा बढी सेवाग्राहीले सेवा लिएका छन्। ग्रामीण भेगका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविर बिहान ८ बजेदेखि सुरु भई साँझ ४ बजेसम्म सञ्चालन हुने जनाइएको छ। शिविरमा […]

प्याब्सन कप: छात्रा तर्फको उपाधि जीपि बोर्डिङ स्कुललाई

जुम्लामा पहिलो पटक आयोजना गरिएको प्याब्सन ग्रासरुट फुटबल प्रतियोगिता–२०८२ अन्तर्गत छात्रा तर्फको उपाधि जीपी बोर्डिङ स्कुल उर्थुले आफ्नो नाममा गरेको छ। पातारासीस्थित ड्रिम माउन्टेन बोर्डिङसँग भएको प्रतिस्पर्धात्मक खेलमा जीपी बोर्डिङ स्कुलले २–१ गोल अन्तरले जित हात पार्दै कप उचालेको हो। निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा भने जीपी […]

बालेन सरकार पनि पुरानै दलको बाटोमा, देश बनाउन छैन योजना

रकार खर्च कटौतीतर्फ लाग्नुपर्थ्यो । जनप्रतिनिधिहरुको तलब कटौती गर्नुपर्थ्यो । देश आर्थिक संकटमा भएको बेला खर्च कटौती गर्नुको साटो सरकार धमाधम ऋण स्वीकृत गरिरहेको छ । सरकार न आम्दानीको स्रोत खोज्छ सक्छ न खर्च कटौती गर्न सक्छ न राजश्व उठाउन । बालेन्द साह नेतृत्वको सरकारले सार्वजनिक तथा मालवाहक सवारी साधनको भाडा वृद्धि गरेको छ । […]

ताजा समाचार