तिला गाउँपालिकामा स्थानीयको असन्तुष्टले लगाइएको ताला खुल्यो

स्थानीयको असन्तुष्टको कारणले लगाइएको तिला गाउँपालिकामा लगाइएको ताला आज खुलेको छ। तिला ६ को वडा कार्यालयको भवन निर्माणमा गाउँपालिकाले स्थानीयलाई असहज हुने ठाउँमा ठेक्का आह्वान गरेको भन्दै वडा ६ स्थित रिपि र सुढी गाउँका स्थानीयबासीले पालिकामा तालाबन्दी गरेका थिए। गाउँपालिकामा आज बसेको बैठकमा आन्दोलन पक्षसँग भएको सहमति अनुसार भवन निर्माणको ठेक्का प्रक्रिया तत्काल रद्द गर्ने […]
सहयोग जुटेपछि ‘साम्बा’ आशावादी हुँदै भन्छिन्, ‘म अझ मजबुत भएर फर्कनेछु’

सावित्राका अनुसार, नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी तथा विदेशी प्लेटफर्ममार्फत करिब ४५ लाख रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) संकलन भएको छ। नेपाली महिला फुटबलकी स्टार खेलाडी सावित्रा भण्डारी साम्बा ले हालै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भावुक सन्देशले देश–विदेशका खेलप्रेमीको ध्यान तानेको छ। उपचारका क्रममा आफूले पाएको अभूतपूर्व साथ, सहयोग र विश्वासप्रति आभार व्यक्त […]
कर्णाली राजमार्गको दुर्घटनाग्रस्त क्षेत्र मानिने खल्लागाड मोडको बाटो सुधार

कालिकोटको तिलागुफा नगरपालिका अन्तर्गत पर्ने खल्लागाड मोड लामो समयदेखि दुर्घटनाग्रस्त क्षेत्र (ब्ल्याक स्पट) का रूपमा चिनिँदै आएको थियो। तीव्र मोड, साँघुरो सडक र जोखिमपूर्ण संरचनाका कारण वर्षेनी सवारी दुर्घटना हुँदा यात्रुले ज्यानसमेत गुमाउनुपरेको थियो। सुर्खेतबाट दैलेख हुँदै कालिकोट र जुम्लासम्म जोड्ने कर्णाली राजमार्गको यही खण्ड सबैभन्दा जोखिमपूर्ण मानिँदै आएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। […]
जुम्लामा निर्वाचन बारे सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम

जुम्ला जिल्लामा आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालयले सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा जिल्लाको मतदाता संख्या, मतदान केन्द्र तथा निर्वाचन तयारीका विषयमा विस्तृत जानकारी सार्वजनिक गरिएको छ। जुम्ला जिल्लामा पछिल्लो तथ्याङ्कअनुसार तीन हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार वि.सं. २०८२ फागुन २० गतेसम्म १८ वर्ष पूरा गर्ने मतदातासमेत […]
विलासित वस्तुमा लगानी, बैंक, वित्तिय संस्थादेखि मुलुकको अर्थतन्त्रसम्म धरापमा !

आँखा चिम्लेर लाखदेखि करोडौं लगानी गर्दा आज धेरै सर्वसाधारण चुलुम्म भएका छन् । किनकि सुनको मूल्य बढेपनि किन्ने कोही छैनन् । सुन व्यापारीहरु सुन बेच्नमात्र आएपछि पसल बन्द गरेर बसेका छन् । बैंक, वित्तिय संस्था, हाइड्रोपावर, बीमालगायत कम्पनीले एक सय रुपैयाँ प्रतिकित्तामा सेयर निकाष्शन गर्ने गर्छन् । केही वर्षअघि त्यही सेयर प्रतिकित्ता ३२ सयसम्ममा बेचबिखन […]

