ज्ञानेन्द्र शाहीको पनि जुम्लामा उम्मेदवारी दर्ता

राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाहीले गरे जुम्लामा उम्मेदवारी दर्ता गरेका छन्। निर्वाचन अधिकृतको कार्यालय जुम्लामा प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्ष तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्। शाहीका अनुसार ‘ धेरै ठाउँबाट चुनाव लड्ने साथीहरूको अनुरोध थियो तर अन्तमा म आफ्नै माटो सम्झेर आमा सम्झेर जुम्लामा चुनाव लड्न आएको हुँ’ ,उनले भने।
काङ्ग्रेस जुम्लाबाट दिप बहादुर शाहीले उम्मेदवारी दर्ता गरे

नेपाली काङ्ग्रेस जुम्लाबाट दिप बहादुर शाहीले उम्मेदवारी मनोनयन दर्ता गरेका छन्। निर्वाचन अधिकृतको कार्यालय जुम्लामा प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्ष तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्। शाहीका अनुसार ‘कुनैपनि तामझाम नगरेर आम भुइँ मान्छेका आवाजको लागि उम्मेदवार बनेको हुँ’ ,उनले भने।
एमाले जुम्लाबाट शान्तिलाल महतको उम्मेदवारी दर्ता

नेपाल कम्युनिस्ट पार्टी एमाले जुम्लाबाट शान्तिलाल महतले उम्मेदवारी मनोनयन दर्ता गरेका छन्। महतले निर्वाचन अधिकृतको कार्यालय जुम्लामा प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्ष तर्फबाट आफ्नो उम्मेदवारी मनोनयन दर्ता गरेका हुन्। महतका अनुसार ‘जुम्लामा एमालेको जित सुनिश्चित भएको र ‘सुखी नेपाल समृद्ध नेपाल’ नारालाई अघि सार्दै विकास गर्ने’ ,उनले भने।
विनिता कठायतले उम्मेदवारी दर्ता गरिन्

राष्ट्रिय स्वतन्त्र पार्टीकी विनिता कठायतले जुम्लामा उम्मेदवारी दर्ता गरेकी छन्। कठायतले जुम्लामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारको मनोनयन दर्ता गरेकी हुन्। उनले प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकी हुन् । कठायतले ‘समग्र कर्णालीको भूगोल बुझेको मान्छे सदनमा आउनुपर्छ र आफ्नो आवाज लिएर कानून सहित त्यसलाई कार्यान्वयन गर्न सक्ने ब्याक्ति आउनुपर्छ’ […]
नरेश भण्डारीले उम्मेदवारी दर्ता गराए

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उम्मेदवार नरेश भण्डारीले उम्मेदवार मनोनयन दर्ता गराएका छन्। जिल्ला अदालत जुम्लामा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर भण्डारीले दिउँसो १:३० बजेको समयमा प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता सँगै भण्डारीले ‘ यो पटक जनताले विवेक प्रयोग गर्नेछन् र हामीलाई अत्याधिक बहुमतले जनताले विजय गराउनेछन्’ ,उनले […]
दोस्ताजको ‘एकदिन मानिसहरू फर्किनेछन्’ कविता संग्रह सार्वजनिक

कवि दोस्ताजको ‘एकदिन मानिसहरू फर्किनेछन्’ कविता संग्रह सार्वजनिक भएको छ। सोमबार काठमाडौंको सर्वनाम थिएटरमा ४८ वटा कविता संग्रहित कविता भएको कविता संग्रह विमोचन गरिएको हो । एकदिन मननिसहरू फर्कनेछन् कविता संग्रह सेलर नेपाल इन्फोटेकले बजारमा ल्याएको हो । दोस्ताजको यो पहिलो कविता संग्रह हो । कवि श्रवण मुकारुङ, ज्योति जंगल र बाबु त्रिपाठीले कविता संग्रहको विमोचन गरेका थिए । कवि राजु […]
ज्ञानेन्द्र शाही जुम्लामा चुनाव लड्ने

जुम्लाका ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने पक्का भएको छ। उनले सुर्खेत क्षेत्र नम्बर २ र जुम्ला क्षेत्र नम्बर १ लाई प्राथमिकता राखेका थिए। उनी प्रतिनिधि सभा सदस्यको लागि राप्रपाबाट प्रत्यक्ष तर्फबाट चुनाव लड्ने भएका हुन। कुटीरो डटकमसँग कुरा गर्दै शाहीका स्वकीय सचीव गोकर्ण कठायतले लामो प्रयास पछि शाही गृह जिल्लामै चुनाव लड्ने पक्का भएको बताए। […]
डोल्पामा दाइ काँग्रेस भाइ नेकपाबाट चुनावी प्रतिस्पर्धामा

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा डोल्पाको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ । एउटै परिवारका सहोदर दाजुभाइ धनबहादुर बुढा नेपाली कम्युनिस्ट पार्टी र कर्णबहादुर बुढा नेपाली कांग्रेसबाट चुनावमा भिड्दै छन् । प्रतिनिधिसभा एक मात्र क्षेत्र रहेको डोल्पामा नेकपाबाट उम्मेदवार बनेका धनबहादुर बुढा र नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर बुढा दाजुभाइ हुन्। दुवै लामो […]




