जुम्ली काङ्ग्रेसलाई एकताबद्ध हुन केन्द्रीय सदस्य रामदेवी खड्काको अपिल

नेपाली काङ्ग्रेसकी नवनिर्वाचित केन्द्रीय सदस्य रामदेवी खड्काले जुम्ला जिल्लामा रहेका सम्पूर्ण काङ्ग्रेसजनलाई एकताबद्ध हुन हार्दिक अपिल गरेकी छन्। पार्टीभित्र देखिएका सामान्य मतभेदलाई समाप्त गर्दै विचार र भावनामा आधारित एकताबाट अघि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। देशको वर्तमान विषम परिस्थितिमा नेपाली काङ्ग्रेसको दोस्रो विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै खड्काले पार्टीभित्रको स्वाभाविक अन्तरविरोधलाई चिर्दै […]
गगन थापालाई काङ्ग्रेसका आधिकारिक सभापतिको मान्यता

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै निर्वाचन आयोगले थापा पक्षलाई आधिकारिक मान्यता दिने निर्णय गरेको हो ।दुवै पक्षबाट पेस भएका विवरण अध्ययन गरी विशेष महाधिवेशनले निर्वाचित गरेको कार्यसमिति नै आधिकारिक हो र यही विवरण आयोगमा अद्यावधिक गर्ने निर्णय आयोगले गरेको छ। […]
जुम्लाका स्याउ किसानले बिमाको क्षतिपूर्ति पाउने

जुम्लाका स्याउ किसानले बिमाको क्षतिपूर्ति पाउने भएका छन्। जुम्लाका स्याउ किसान र शिखर इन्स्योरेन्सबीच लामो समयदेखिको विवाद समाधान भएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव राजेन्द्र मिश्रको रोहवरमा भएको त्रिपक्षीय वार्ताबाट जुम्लाका स्याउ किसानका पक्षमा महत्त्वपूर्ण निर्णय भएको हो। तातोपानी गाउँपालिकाका करिव ५११ जना किसानका ९७ हजार २ सय २० स्याउका विरुवा र पातारासी […]
जुम्लामा निर्वाचन प्रहरीको लागि १८१८ जनाको आवेदन

जुम्लामा निर्वाचन प्रहरीको लागि १८१८ जनाले आवेदन दिएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लामा निर्वाचन प्रहरीको आवेदन माग संख्या भन्दा झण्डै दोब्बर संख्याले आवेदन दिएका हुन्। जुम्लामा निर्वाचन प्रहरी लागि महिला तर्फबाट ६५८ जनाको आवेदन दिएका छन् भने पुरुष तर्फबाट ११६० जनाले आवेदन दिएका हुन्। त्यस्तै निर्वाचन सशस्त्र बल प्रहरीको लागि महिला तर्फबाट ३० र पुरुष […]
जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय आज एक कार्यक्रमका बीच स्थापना भएको हो। जुम्ला जिल्ला अदालतका न्यायाधीश आनन्दराज पन्तले ‘निर्वाचन स्वतन्त्र भयरहित हुनुपर्ने र मतदान गर्न पाउने अधिकारको सुनिश्चितता गर्न हामी प्रतिबद्धत रहेको’ ,उनले भने। साथै उनले अघिल्ला निर्वाचन […]
रविसँगको एकताबारे बालेनले एकचोटि फेरि सोच्ने कि ?

पुराना दल र नेताले खाए, हामी पनि खानुपर्छ भनेर उनी राजनीतिमा आएका हुन् । उनी सेवा गर्न होइन्, मेवा खान राजनीतिमा लागेका छन् । बजारमा रास्वपा सभापति रवि लामिछाने व्यापक चर्चा छ । चिया पसलदेखि सार्वजनिक स्थलसम उनकै विषयमा कुराकानी भइरहेको हुन्छ । तर, सकारात्मक होइन, नकारात्मक । आम सर्वसाधारण भन्छन्, ‘रविको अमेरिकामा दर्जनौं मुद्दा […]




