मंगलवार, २९ पुष, २०८२

भारतमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ नेपालीको मृत्यु

भारतको हिमाचल प्रदेशस्थित सोलान जिल्लामा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानका दुई परिवारका नौ जना नेपालीको मृत्यु भएको छ। पुस २७ गते राति भएको उक्त भयानक विस्फोट र त्यसपछिको आगलागीमा परी सल्यानको सिद्धकुमाख गाउँपालिका वडा नम्बर २, टाकुराका दुई परिवारका सबै सदस्यले ज्यान गुमाएका हुन्। उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा आगलागी भएको […]

डोल्पाको प्रजिअमा जुनु हमाल ढकाल

हिमाली जिल्ला डोल्पाले महिला प्रमुख जिल्ला अधिकारी पाएको छ। ‘जिल्लाको इतिहासमै पहिलोपटक महिला प्रजिअ पाएको हो,’ निवर्तमान प्रमुख जिल्ला अधिकारी भीमराज कोइरालाले बताए। सोमबार मात्रै एक सूचना जारी गर्दै गृह मन्त्रालयले जुनु हमाल ढकाललाई डोल्पाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पदस्थापना गरेको हो। प्रजिअ हमाल यसअघि गृह मन्त्रालयमै कार्यरत थिइन्। मन्त्रालयले हालका प्रजिअ कोइरालालाई पाँचथरको […]

ताजा समाचार