राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान जुम्लाको अध्यक्षमा विश्व राज खत्री चयन

राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान जुम्लाको अध्यक्षमा विश्वराज खत्री चयन भएका छन्। जुम्ला जिल्लाको चौथो जिल्ला अधिवेशनबाट खत्री सर्वसम्मत चयन भएका हुन्। चौथो अधिवेशनमा खत्रीको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिति बनेको छ। जसमा वरिष्ठ उपाध्यक्षमा पञ्चकली बुढा,खुला उपाध्यक्षमा उमेश परियार,मनोज अधिकारी,एकराज अधिकारी,मदन महत देवकी खत्री सहितको २२ जना नयाँ कार्यसमिति बनेको हो।
धनी र गरिब : सहकार्य र समान अवसरको बाटो

धनी र गरिब दुबैले हातेमालो गरे मात्र देश समृद्ध हुन सक्छ। धनीको स्रोत र ज्ञान, गरिबको श्रम र अनुभव जोडिन सके भने त्यो नै विकासको वास्तविक सूत्र हो। नेपालमा विगतका दशकहरूदेखि अनेकौं अतिवादहरूले हाम्रो समाजलाई भित्रभित्रै पोलिरहेका छन्। ती अतिवादहरू कहिले विचारको नाममा, कहिले वर्गको नाममा, कहिले परिवर्तनको नाममा उग्र बनेका छन्। तर आज म […]
जुम्ला बस्ने प्लेनहरूको घुम्ने मोड बिँगारी ज्युलाको सुन्दर आकाश

देपालगाउँ, बाहुलीगाउँ, बिँगारी ज्युलाको भूभागको आकाश हुँदै जुम्ला जाने नेपाल वायुसेवा लगायतका विभिन्न नामका ट्विनअटर प्लेनले घुमेर टर्निङ बनाउँदै जुम्ला विमानस्थलमा अवतरण गर्ने गर्दछन्। यो प्राकृतिक दृश्य रहेको गाउँ नै गाउँ देखिएको फोटोमा रहेको हल्का पानी देखिएको भाग तिला नदी हो। यो तिला नदी किनाराको दायाँ भागतिरका खेत भएको कुलो लाग्ने बिँगारी ज्युलो हो। हामी […]
आन्दोलनका नाममा सरकारी र निजी सम्पत्तिमा क्षति पुर्याउनेले नपाउन् उन्मुक्ति, जनताले गर्न सकून् देशमा कानुन भएको अनुभूति !

कसैले कसैको सम्पत्ति लुट्यो, तोडफोड गर्यो, आगो लगायो वा कसैलाई कुट्यो, धम्कायो भने पीडित पक्षले जाहेरी दिन पाउँछ। कानुन आफ्नो हातमा लिने अधिकार कसैलाई छैन। कसैले भ्रष्टाचार गरेको छ वा राजस्व लुटेको छ भने उसलाई कानुनी माध्यमबाट सजाय दिलाउनुपर्छ। कुनै पनि बहानामा सरकारी वा निजी सम्पत्तिमा आगजनी गर्न पाइँदैन। न नेतामाथि नै कुटपिट गर्ने अधिकार […]
दोलखासहित देशभर ‘विकासको धज्जी’: कांग्रेस र एमालेविरुद्ध जनआक्रोश, सम्पूर्ण नेतृत्वको ‘पतन’ माग

नेपाली राजनीतिमा स्थापित शक्ति मानिने नेपाली कांग्रेस र नेकपा (एमाले) को नेतृत्वमाथि देशभर, विशेष गरी दोलखा जिल्लाका नागरिकहरूले सशक्त आक्रोश पोखेका छन्। विकास र सुशासनको नाममा जनतालाई ठगेको र भ्रष्टाचारलाई संस्थागत गरेको भन्दै यी दुई प्रमुख दलहरूलाई जिल्ला तथा देशबाटै ‘पतन’ गर्नुपर्ने माग जनस्तरबाट उठेको छ। सार्वजनिक भएको एक विश्लेषणमा, नागरिकहरूले वर्तमान राजनीतिक नेतृत्वमाथि ‘विकासको […]
प्रियासनको नयाँ लुगाको पाण्डुलिपी १० दिनमै सार्वजनिक!

कार्तिक महिनामा एउटा उपन्यास प्रकाशित गरिसकेकाले कम्तिमा एक महिनाको ग्याप राखौँ भनेर साथीभाइको सल्लाह ग्रहण गरेर ‘नयाँ लुगा’ मंसिरमा ल्याउन लागिएको प्रियासनले जानकारी दिनुभयो । नेपालकै दोस्रो सर्वाधिक धेरै उपन्यास प्रकाशित गर्नु भएका उपन्यासकार सविन प्रियासनले प्रकाशन गर्न लागिरहेको नयाँ उपन्यास ‘नयाँ लुगा’ को पाण्डुलिपी सार्वजनिक भएको छ । उपन्यास लेख्न सुरु गरेका १० दिनमै […]




