जुम्लामा जेनजी युवाहरुको रक्तदान कार्यक्रम

जुम्ला बजारमा ‘जेनजी जुम्ला’ युवा समूहको आयोजनामा शुक्रबार बिहान सफल रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बिहान ८ बजेदेखि ११ बजेसम्म कृष्ण मन्दिर अगाडि सञ्चालन गरिएको कार्यक्रममा ३६ जनाले रगतदान गरेका छन्। संकलित रगत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बुझाइएको कार्यक्रम संयोजक शुनिल रोकायाले जानकारी दिए। उनका अनुसार कार्यक्रममा स्थानीय युवायुवती, विद्यार्थी र स्वयंसेवकहरूको उत्साहजनक सहभागिता रह्यो। […]
सार्वजनिक–निजी सम्पत्तिमा आगो झोस्नेलाई सरकारको उन्मुक्ति, देश र जनताका निम्ति गोली चलाउने सुरक्षाकर्मीलाई कारबाही !

अहिले देशमा लोकतन्त्र गणतन्त्र यथावत् छ। प्रधानमन्त्री सुशीला कार्कीले २०७२ को संविधानबमोजिम शपथ खाएकी हुन्। आउँदो फागुन २१ गते चुनाव मितिसमेत घोषणा गरिसकिएको छ। निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म नयाँ राजनीतिक दल दर्ता गर्न आह्वान गरिसक्यो। बालेन र जेनजीहरूले नयाँ पार्टी खोल्ने चर्चा छ। हावा नचलि रुखको पात झर्दैन। अहिले सार्वजनिक स्थलदेखि यातायात, चिया पसलसम्म […]
जुम्लामा गाडीको कोलियामा युवक मृत फेला

जुम्लामा गाडीको कोलियामा एक युवक मृत अवस्थामा फेला परेका छन्। गाडीको कोलियामा जुम्ला हिमा गाउँपालिका–१ आर्चायका २२ वर्षीय गणेश रावत मृत अवस्थामा भेटिएका हुन्। बुधबार साँझ करिब ८:३० बजे जुम्ला जिल्लाको हिमा गाउँपालिका–१ आर्चायमा मुगुबाट सुर्खेततर्फ जाँदै गरेको एसएलएम गाडी (क.प्र. ०२००१ख ११८०) मा एक युवक मृत फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी प्राप्त […]




