बिहीबार, २१ फाल्गुन, २०८२

जुम्ला एक पुरुष झुन्डिएको अवस्था मृत फेला

जुम्लाको चन्दननाथ नगरपालिका–३ बुड्थबाडामा ३२ वर्षीय तिर्थ बुढ्थापा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रबिनबाबू रेग्मीका अनुसार आइतबार करिब ३ बजे आफ्नै घरमा मृत अवस्थामा देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए। मृतकको शवलाई पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान […]

दशैंले छोएन मजदुरलाई, पेश्की न छुट्टी, बिहानदेखि रातिसम्म काममै !

फूलपातीदेखि त सम्पूर्ण सरकारी कार्यालय बन्द छ । जनताले तिरेको करबाट सरकारी कर्मचारीले दशैं पेश्की र तलब खाए । अहिले कर्मचारीहरू आफन्तसँग रमाइलो गरेर दशैं मनाइरहेका छन् । यता, सरकारी कार्यालय बन्द भए पनि गाडी चाहिँ बाटोमा गुडिरहेको देखिन्छ । २०८२ असोज ६ गते घटस्थापनाबाट यो वर्षको दशैं शुरु भएको हो । घटस्थापनासँगै प्रायःजसो सरकारी […]

मधेशपछि उपत्यकामा मीटरब्याज पीडितको बिगबिगी, अन्तरिम सरकारले मीटरब्याजीलाई गर्ला त कारबाही ?

आन्दोलनमा आएका पीडितहरूले एक लाख रुपैयाँको मासिक पाँच हजारदेखि ३० हजारसम्म ब्याज तिरेको बताउँथे। प्रदेश सरकारले आफ्नो पीडा नबुझेपछि न्यायको खोजीमा माइतीघर मण्डला आएका उनीहरूले लामो समय सडकमै बसे। उनीहरूकै कारणले मीटरब्याज भनेको के हो ? सबैले थाहा पाए। कानुनतः कुनै पनि संघसंस्था वा व्यक्तिले कर्जा लगानी गर्दा १० प्रतिशतभन्दा बढी ब्याज लिन पाउँदैन। तोकिएको […]

जुम्लाको श्रीढुस्कामा अटो दुर्घटना: ४ वर्षीय बालक घाइते

जुम्लाको चन्दननाथ नगरपालिका–९, श्रीढुस्कामा आइतबार बिहान भएको अटो दुर्घटनामा परेर एक बालक गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बिहान करिब ९ बजे स्थानीय देउभाग्या उपाध्याय (४) अटो दुर्घटनामा परेर गम्भीर घाइते भएका हुन्। उनलाई उपचारका लागि तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ। दुर्घटनामा संलग्न अटो (क.प्र.१ ह ५० नम्बर) का […]

ताजा समाचार