राकम आधारभुत अस्पतालमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढे

राकमस्थित आधारभुत अस्पतालमा भाइरल ज्वरोका बिरामीको संख्या ह्वात्तै बढेको छ। अस्पतालका प्रमुख किरण सावद माझीका अनुसार पछिल्ला पाँच–सात दिनयता दैनिक ३० देखि ४० जना बिरामी उपचारका लागि आउने गरेका छन्। तीमध्ये करिब ६०–७० प्रतिशत बिरामीलाई भाइरल ज्वरो भएको छ। मौसम परिवर्तनसँगै अत्यधिक गर्मी र वर्षा सुरु भएपछि मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन्। […]
पुनः कर्णाली राजमार्ग अवरुद्ध सोही स्थानमा गयो पहिरो

चारदिन देखि अवरुद्ध कर्णाली राजमार्ग आज दिउँसो करिब १२ बजे खुलेको थियो। कर्णाली राजमार्ग अवरुद्ध भएको आज चार हुँदा निकै कठिनाईको साथ राजमार्ग खुलेको थियो। सुर्खेत जुम्ला सडकखण्ड अन्तर्गत कालिकोट शुभकालीका गाउँपालिका १ मा पर्ने गहने खोलामा गएको ठूलो पहिरोको कारण यात्रुले सास्ती भोगेका थिए। अहिले पुन: अविरल वर्षाको कारण सोही स्थानमा पहिरो खसेर सडक […]
कविता-अलौकिक आवाज

हेर्दा भने एक विशाल जंगल अग्ला अग्ला रूख छन्दाल चिनीका बृक्ष देखि अनेक प्रजातिका वृक्ष छन्सारीवाङ पनि नजिकै पर्दछ धरमपानी पनिप्यूठान खलंगा पनि यही पर्छ लौ मल्लरानी अनि।घुम्न जान शुन्दर लागे पनि लौ एक्लै भने सकिन्नबर्खा लाग्दछ चराको चिरबिर भदौमा त्यो सुनिन्नबिहानमा जंगल थर्किने गरि घंटी बजेझैँ बज्दछखोलाको किनारमा हर्न झै बज्छ डर खुब लाग्दछ […]
डाँडाकोटमा काटिएको विद्युत सेवा पुनः सुचारु हुने

चन्दननाथ नगरपालिका–३ डाँडाकोट क्षेत्रमा अवरुद्ध भएको विद्युत आपूर्ति पुनः सुचारु भएको छ। सोमबार साँझ नेपाल विद्युत प्राधिकरण, जुम्ला वितरण केन्द्रले नयाँ मिटर जडान गर्ने सवालमा विवाद आएपछि लाईन काटिएको थियोे। मंगलबार जिल्ला प्रशासन कार्यालय र डाडाकोटबासीबीच जिल्ला प्रशासन कार्यलयमा छलफल भइ सहमति भएपछि विद्युत सुचारु गरिएको वितरण केन्द्रका प्रमुख राम आशिष् साहाले जानकारी दिए। उनका […]
चारदिन देखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

कर्णाली राजमार्ग अवरुद्ध भएको आज चार हुँदा निकै कठिनाईको साथ राजमार्ग खुलेको छ। सुर्खेत जुम्ला सडकखण्ड अन्तर्गत कालिकोट शुभकालीका गाउँपालिका १ मा पर्ने गहने खोलामा गएको ठूलो पहिरोको कारण हालसम्म सडक अवरुद्ध भएको थियो। सडकमा ठूला ढुङ्गा खसेर अवरुद्ध कर्णाली राजमार्ग नेपाली सेनाको र सडक डिभिजन कार्यालय जुम्लाको रोहवरमा मंगलबार बाटो खुलेको हो। उक्त अवरुद्ध […]
दैलेखमा घर–दैलोमै सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा

दैलेखको आठबीस नगरपालिका–६ मा वृद्धवृद्धा, अशक्त तथा अपाङ्ग व्यक्तिहरूलाई लक्षित गर्दै घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको छ। वडा अध्यक्ष एवम् कार्यवाहक नगरप्रमुख नवराज शर्माले शिहासैन, खडकागडेन र राताचौला लगायतका गाउँमा पुगेर मोबाइलमार्फत डाटा संकलन गरी १८० भन्दा बढी लाभग्राहीको नवीकरण गरिएको जानकारी दिए। उनका अनुसार अपाङ्ग र अशक्त व्यक्तिहरूलाई वडा कार्यालयसम्म आउन कठिन […]
दशैं नजिकिएसँगै लुटमा व्यवसायी, सरकार न अनुगमन गर्छ न कारबाही !

सामानहरु लुकाएर महँगो मूल्यमा बेचिन्छ । हरेक वर्ष दशैंमा यही अवस्था दोहोरिन्छ । तर, सरकारले त्यस्ता व्यापारीलाई कारबाही गर्दैन । दशैं नजिकिँदै गर्दा अहिलेसम्म बजार अनुगमन हुन सकेको छैन । मुलुकमा तीन तहको सरकार छ । संघअन्तर्गत अनुगमनका निम्ति थुप्रै निकाय छन् । हिन्दु धर्मावलम्बीको महान् चाड दशैं ढोकैमा छ । अबको तीन सातापछि दशैं […]





