जुम्लामा जंगली च्याउ सेवन गर्दा एकै परिवारका पाँच जना बिरामी

जुम्ला जिल्लाको गुठिचौर गाउँपालिका–१ मणिसाँघुमा जंगली विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन्। लेखकमान महतराको घरमा पकाइएका च्याउ खाएपछि परिवारका सदस्यहरूमा एक्कासी स्वास्थ्य समस्या देखिएको हो। घटना आइतबार दिउँसो करिब ३ बजे (१५:०० बजे) भएको हो। बिरामी पर्नेहरूमा ६० वर्षीय लेखकमान महतरा, ५८ वर्षीया राजकुमारी महतरा, ४५ वर्षीया कल्पना रावत, २८ वर्षीया […]
सहमतिका लागि गठित तीन सदस्यीय टोलीले तरुण दल जुम्लाको नेतृत्व तोक्ने सम्भावना

नेपाली कांग्रेस निकट नेपाल तरुण दल जुम्लाको नयाँ नेतृत्व चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। तर, अधिवेशनको बन्द सत्रमा अध्यक्षदेखि अन्य पदहरूमा धेरै उम्मेदवारी परेपछि सहमतिमा नेतृत्व चयन गर्ने प्रयासलाई प्राथमिकता दिँदै नेपाली कांग्रेस जुम्लाले तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो। कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य कान्तिका सेजुवाल, कर्णाली प्रदेश सभापति ललिजंग […]
सुर्खेतमा श्रीमान्द्वारा काठको टुक्राले प्रहार गरी श्रीमतीको हत्या

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३, सुगर खोला क्षेत्रमा एक दर्दनाक घरेलु हिंसाको घटना सार्वजनिक भएको छ। मिति २०८२ साउन ११ गते राति करिब १:४० बजेको समयमा ४२ वर्षीय दानसिंह ठाडा मगरले आफ्नी ४०/४१ वर्षीया श्रीमती रबिना ठाडा मगरको काठको टुक्राले टाउकोमा प्रहार गरी हत्या गरेका हुन्। सुतिरहेको अवस्थामा श्रीमतीमाथि आक्रमण गरिएको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ। काठको […]
जुम्लाको पातारासीमा ग्यास चुलोबाट आगलागी, दुई तला जलेर नष्ट

जुम्ला जिल्लाको पातारासी गाउँपालिका–६ मा आज बिहान ग्यास चुलोको प्रयोगका क्रममा भएको आगलागीमा एक घरका दुई तला पूर्ण रूपमा जलेर नष्ट भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाले दिएको जानकारी अनुसार बिहान करिब ६:३० बजे रणु महतारा (उमेर करिब ३२ वर्ष) को तिनतले कच्ची घरको दोस्रो तलाको कोठामा ग्यास चुलो बाल्ने क्रममा एक्कासी आगो सल्किएको थियो। […]
खडेरी मधेशमा तर देशभरको जमिन बाँझो, सरकारको लापरवाहीले भोकमरीको चिन्ता !

अहिले पनि सरकार ‘घरजग्गा कारोबारबाट मासिक यति राजस्व उठ्यो’ भनेर विवरण सार्वजनिक गर्छ। तर, खाद्यान्न आयातमा मुलुकको कति पूँजी बाहिरियो? भनेर चाहिँ बताउँदैन। सरकारले घरजग्गा कारोबारबाट राजस्व उठाउँछ अनि त्यही पैसाले विदेशबाट खाद्यान्न आयात गरिरहेको छ। मधेशको अवस्था अहिले डरलाग्दो र दयनीय छ। धान रोपाइँ गर्ने समयमा पानी नपरेपछि खेत बाँझो छ। त्यहाँ पिउने पानीको […]
११ वर्षसम्म उज्यालोमा रमाएका कालेकाडाका बासिन्दा १४ महिनादेखि अन्धकारमा, स्थानीय सरकार उदासीन

अछाम जिल्ला, पञ्चदेवल विनायक नगरपालिका–९ स्थित कालेकाडा र आसपासका बस्तीहरू १४ महिनादेखि अन्धकारमा छन्। २०७१ सालको जेठमा सञ्चालनमा आएको ५३ किलोवाट क्षमताको भूम खोला लघु जलविद्युत् आयोजना २०८१ भदौ १२ गते अबिरल वर्षापछिको बाढीले क्षतिग्रस्त बनाएपछि विद्युत् आपूर्ति पूर्णरूपमा बन्द भएको हो। उक्त बाढीले पावर हाउस, एलसी बोर्ड र ट्रान्सफर्मर बगाएर नष्ट गरिदिएको थियो। त्यसयता […]




