बुधबार, २० फाल्गुन, २०८२

तिला नदीले बगाएर ल्याएको रतुवा उद्दार, वन कार्यालयलाई जिम्मा

जुम्ला जिल्लाको तिला गाउँपालिका–३, कुडारीस्थित तिला नदीले बगाएर ल्याएको जंगली जनावर रतुवाको सफल उद्दार गरिएको छ। शुक्रबार अपराह्न ५:५० बजे सो जनावरलाई कुडारी निवासी मुन प्रसाद भट्टराईले आफ्नै घर नजिकको तिला नदी किनारमा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी चौकी कुडारीबाट प्रहरी निरीक्षक उत्तम कुमार बोहराको कमाण्डमा तीन जनाको टोली खटिएको […]

नेपाल तरुण दल जुम्लाको ५ औं जिल्ला अधिवेशन सुरु, काङ्ग्रेस नेताहरूको धारणा सार्वजनिक

त्यस्तै अधिवेशनको अध्यक्ष पदका उम्मेदवार आकांक्षीहरु हेमबहादुर बुढ्थापा, सञ्जिव रावल, विरेन्द्र शाही, रतन शाही, विकास शाही, गणेश मल्ल भरत शाहीलगायत गरेर १० जनाले आकांक्षा प्रस्तुत गरेका छन् करिब एक दशकपछि आयोजित नेपाल तरुण दल जुम्लाको पाँचौं जिल्ला अधिवेशनको उद्घाटन समारोह सोमबार सम्पन्न भएको छ। नेपाली काङ्ग्रेसका जिल्ला तथा केन्द्रस्तरका नेताहरूको विशेष उपस्थितिमा सम्पन्न उद्घाटन सत्रमा […]

लागुऔषध (नाईट्राजेपाम) २४३ ट्याब्लेटसहित सुर्खेतमा दुई युवक पक्राउ

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ मा लागूऔषध (नाईट्राजेपाम) को कारोबार भइरहेको सूचना पाएपछि सुराकीको आधारमा गरिएको प्रहरी अपरेशनमा दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्थानीय २९ वर्षीय कमल कार्की र दैलेख दुल्लु नगरपालिका–६ घर भई हाल सुर्खेतमै बसोबास गर्दै आएका २१ वर्षीय ध्वनिल मल्ल रहेका छन्। प्रहरीले उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी […]

सुर्खेतबाट जुम्ला जाँदै गरेको फोर्स गाडी दैलेखमा दुर्घटना, १२ जना घाइते

सुर्खेतबाट जुम्ला जाँदै गरेको फोर्स गाडी दैलेखको डुङ्गेश्वरमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। कर्णाली प्रदेश ०२-००१ ज ००४६ नम्बरको फोर्स गाडी दुल्लू नगरपालिका–१, तल्लो डुङ्गेश्वर डुंगेल मन्दिर नजिकै दुर्घटनामा परेको हो। गाडीमा १९ जना सवार थिए। तीमध्ये १२ जना घाइते भएको र ५ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि सुर्खेत पठाइएको जिल्ला […]

विद्यालयमै काउन्सेलिङ र औषधि वितरण: चंखेली पालिकाले चाल्यो कदम

हुम्लाको श्री गणेश आधारभूत विद्यालय, चंखेली–४ मा छात्राहरूमा देखिएको मानसिक तथा शारीरिक समस्या सार्वजनिक भएपछि चंखेली गाउँपालिकाले शुक्रबार बिहान विद्यालयमै स्वास्थ्य सेवा पुर्‍याएको छ। हिजो कुटीरो डटकमले उक्त विद्यालयमा भएको घटनालाई बाहिर ल्याएको थियो । र सोहीको दबाबमा परेर पालिकाले तत्काल कदम चालेको उक्त विद्यालयका शिक्षक हरिबहादुर नेपालीले बताए । स्वास्थ्य शाखा प्रमुख शुरविर शाहीको […]

नेपाल तरुण दल जुम्लाको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्र सुरु

नेपाल तरुण दल, जुम्लाद्वारा आयोजित पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्र आज चन्दननाथ नगरपालिका–४ मा भव्य रूपमा चलिरहेको छ। उद्घाटन सत्रको प्रारम्भमा तरुण दलले कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि, प्रतिनिधि तथा कार्यकर्तालाई स्वागत गर्दै कार्यक्रमको औपचारिक शुरुआत गरेको हो। कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री डिना उपाध्याय, प्रतिनिधि सभा सदस्य कान्तिका सेजुवाल, प्रदेश सभा सदस्य देवेन्द्र शाही पूर्व कर्णाली […]

“बीमा गर्दा ग्राहक बढाउन जाँचपड्ताल नगर्ने, तर क्षतिपूर्ति दिने बेला ढिलाइ गर्ने काम बन्द होस्,” सांसद कठायत

यस देशको माटोले थुप्रै सपना चिसिएको देखेको छ, थुप्रै पीडा सहेर पनि मौन बस्न सिकेको छ। तर कहिलेकाहीँ त्यो मौनता चिच्याउँछ, संसदभित्र, सडकमा, खेतबारीका बीच, चिया पसलका बहसमा। शुक्रबार संसदमा सांसद विनिता काठायतको आवाज त्यस्तै चिच्याहट थियो। लाचारीको लुगा लगाइदिएको राज्य संयन्त्रमाथि गरिएको एक तीखो चोट। “न्याय, कानून, जवाफदेहीता र मानवीय समवेदना के मरेर गएकै […]

कार्यसम्पादनमा डिभिजन वन कार्यालय जुम्ला कर्णाली प्रदेशमै उत्कृष्ट

कर्णाली प्रदेश राजधानी सुर्खेतमा आयोजित प्रगति समीक्षा कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव शेर बहादुर श्रेष्ठले डिभिजन वन कार्यालय जुम्लालाई सम्मानपत्र प्रदान गर्दै कार्यालयको कार्यकुशलता र बजेट प्रयोग क्षमता उच्च प्रशंसा गरेका थिए। डिभिजन वन कार्यालय जुम्लाले आर्थिक वर्ष २०७८/७९ मा आफ्नो उत्कृष्ट कार्यसम्पादनद्वारा सम्पूर्ण प्रदेशका ११ वटै डिभिजन वन कार्यालयमध्ये सर्वोत्कृष्ट स्थान […]

रौतहटमा करेन्ट लागेर एक वर्षमा २७ जनाको मृत्यु

रौतहट जिल्लामा करेन्ट लागी मृत्यु हुनेको संख्या बढ्दै गएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहतले आम नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। प्रहरीका अनुसार गत साउनदेखि बिहीबारसम्म जिल्लामा करेन्ट लागेर २७ जनाको ज्यान गएको छ। गत आर्थिक बर्षमा २३ जनाको ज्यान गएको थियो भने चालु आर्थिक वर्षको सुरूवातसँगै हालसम्म करेन्ट लागेर ४ जनाले ज्यान गुमाइ […]

यात्रा सस्मरण: नोएडा हुँदै आगरा र ताजमहल यात्रा

पर्यटकलाई प्रवेश गराउँदा कडा जाँच गरिँदो रहेछ। पुरुष र महिलाको लाइन फरक फरक लगाइने रहेछ। दिनभरि घुम्दा पनि धित नमर्ने ताजमहलभित्र प्रवेश गर्दा पनि ताज महलकै जस्तो प्रवेशद्वार लाग्यो। २४ जनावरी २०२३ मा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्दिरा गान्धी विमानस्थल हुँदै नयाँ दिल्ली प्रस्थान गरेको दिन समेत हाम्रो आगरा र ताजमहल भ्रमण तेस्रो दिनको यात्रा […]

ताजा समाचार

गजल

गजल