सोमबार, २ असार, २०८२

जुम्लाको पातारासीमा हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माणका लागि जग्गा व्यवस्थापन उपसमिति गठन

उपसमितिले ट्रेडिङ सेन्टरका लागि आवश्यक जग्गा प्राप्त गर्न र निर्माण कार्यलाई तीव्रता दिन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। पातारासी गाउँपालिका–३, लोठचौरमा निर्माणाधीन हाई अल्टिच्युट ट्रेनिङ सेन्टरको कामको अनुगमन तथा सरोकारवालासँग छलफल कार्यक्रम सम्पन्न भएको छ। जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सेन्टरको प्रगति र जग्गा व्यवस्थापनका विषयमा विस्तृत छलफल गरिएको […]

कर्णालीमा विपक्षीको संसद् बहिष्कार : बजेट प्रस्तुति अनिश्चित

माओवादीका प्रमुख सचेतक कृष्ण बहादुर जिसीले सरकारले ‘आयोजना बैंक’ का नाममा एकलौटी र अपारदर्शी ढंगले बजेट बनाएको आरोप लगाए। कर्णाली प्रदेशमा विपक्षी दलहरूले प्रदेश सभा बहिष्कार गर्ने घोषणा गरेसँगै आगामी आर्थिक वर्षको बजेट प्रस्तुति अनिश्चित बनेको छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपाले सरकारको अपारदर्शी बजेट निर्माण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै संसद् बैठकमा सहभागी […]

जुम्लाको चन्दनाथ नगरपालिका वडा नं. ६ मा टाइल बिछ्याउने तालिम सञ्चालन

चन्दनाथ नगरपालिकाका मेयर राजु सिंह कठायतले तालिममा सिकेको सिपलाई निरन्तरता दिन र प्रयोगमा ल्याउन आग्रह गरे। चन्दनाथ नगरपालिका वडा नं. ६ मा बेरोजगार युवाहरूलाई रोजगारीको अवसर प्रदान गर्न र विदेश पलायन रोक्न टाइल बिछ्याउने तालिम सञ्चालन भएको छ। यो तालिम असार १ गतेदेखि ७ गतेसम्म चन्दनाथ हाइस्कूलमा आयोजना गरिएको हो। वडा नं. ६ का अध्यक्ष […]

नेपाल एकीकरणदेखि व्यवस्था परिवर्तनसम्म नेपालीको योगदान, नेमकिपाद्वारा कार्यक्रममा फोटो टाँसेर विदेशीको सम्मान!

बाजागाजासहित र्‍याली निकालेर नेमकिपाका नेता–कार्यकर्ता सल्लाघारी चौरमा भेला भए। कार्यक्रममा सहभागी सबै नेपाली थिए। रोचक प्रसङ्ग के हो भने, नेपालीहरू उपस्थित भएको कार्यक्रमको मञ्चमा सबै विदेशी नेताको फोटो झुण्ड्याइएको थियो। नेपाल मजदुर किसान पार्टी ‘नेमकिपा’ले गत फागुन १६ देखि १९ गतेसम्म भक्तपुरको सल्लाघारी चौरमा आफ्नो आठौँ महाधिवेशन गर्यो। नेपाल ट्रष्टको कार्यालयको नाममा रहेको जग्गामा नेमकिपाले […]

सुन: व्यापारीका लागि ठग्ने र राजस्व छल्ने भाँडो, भ्रष्टाचारीलाई कालोधन लुकाउने औजार!

अब सरकारले घरजग्गा, गाडी र सेयरको जस्तै सुनको पनि सम्पूर्ण विवरण–कति मूल्यमा, कहिले किनेको, सुन किन्ने पैसा कसरी आयो–राख्नुपर्छ। साथै, देशभर कति सुन छ र कसले कति सुन राखेका छन्, यो पनि खोजतलाश गर्नुपर्छ। अनिवार्य रूपमा सुन सरकारी निकायमा दर्ता हुनुपर्ने व्यवस्था गर्नुपर्छ। पछिल्लो समय बजारमा एउटा गुनासो निकै सुनिन्छ– सुन व्यवसायीले ठग्यो। जोकोही सुन […]

साहित्यिक चौतारी नेपालद्वारा बालबालिका विशेष रचना वाचन कार्यक्रम सम्पन्न

प्रमुख अतिथि बालसाहित्यकार, समालोचक एवं शास्त्रीय छन्दकी स्रष्टा प्रभा आचार्य भट्टराईले बालप्रतिभाहरूको प्रस्तुतिमा साहित्यको भविष्य देखेको बताइन्। साहित्यिक चौतारी नेपालको कर्णाली प्रदेश शाखाले शनिबार एक विशेष रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ। साहित्यिक चौतारीका केन्द्रीय शाखाहरूमध्ये सबैभन्दा कम उमेरकी अध्यक्ष विनिता न्यौपाने ‘वृन्दा’ र सञ्चालक सहसचिव साहित्यप्रेमी सलिनको नेतृत्वमा आयोजित यो कार्यक्रम भर्चुअल माध्यमबाट भएको […]

ताजा समाचार