सोमबार, २ असार, २०८२

चन्दननाथमा गठित माओवादी केन्द्रको नयाँ कमिटले भ्रष्टाचार र विकृतिविरुद्ध काम गर्ने

चन्दननाथ नगरपालिकालाई समृद्ध र नमुना बनाउने कमिटीको लक्ष्य छ। नगरवासीको साथ र सहयोगले यो सम्भव हुने अध्यक्ष महतको विश्वास छ। जुम्लाको चन्दननाथ नगरपालिकामा नेकपा माओवादी केन्द्रको नवनिर्वाचित नगर कमिटीले पत्रकार सम्मेलनमार्फत आफ्ना प्रतिबद्धता सार्वजनिक गरेको छ। नयाँ नेतृत्वले नगरवासीका समस्या समाधानमा दृढ सङ्कल्प व्यक्त गरेको छ। कमिटीका अध्यक्ष सुरेन्द्र बहादुर महतको नेतृत्वमा गठित टोलीले भ्रष्टाचार, […]

जुम्लाको सिंजामा एक पुरुष मृत फेला

जुम्लाको सिन्जा गाउँपालिका–३, पिपलानी नराकोट भुलीको कच्ची सडक किनारमा एक पुरुष मृत फेला परेका छन्। मृतक सिन्जा–३ का नवीन घर्ती रहेको प्रहरीले पुष्टि गरेको छ। प्रहरी चौकी नराकोटका हवल्दार दीपक गुरुङका अनुसार, उनको शव सडक किनारमा फेला परेको हो। मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी निरीक्षक रोहित रसाइलीको नेतृत्वमा पाँचजनाको टोली […]

२०५४ सालदेखिका सबै गृहमन्त्री, श्रममन्त्री, परराष्ट्रमन्त्री र अध्यागमनका हाकिममाथि छानबिन गरौँ!

गृहमन्त्री लेखकसहित २०५४ सालदेखिका सबै गृहमन्त्री, अध्यागमन विभागका हाकिम र कर्मचारीमाथि अनुसन्धान आवश्यक छ। भिजिट भिसा र सुन तस्करीको खेल रचाउने सबैलाई कानुनको दायरामा ल्याउनुपर्छ। यतिबेला मुलुकमा भिजिट भिसा प्रकरणले निकै चर्चा पाएको छ। गृहमन्त्री रमेश लेखककै नाम मुछिएपछि यो विषयले देशभर तहल्का मच्चाएको छ। संसदका प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा मागिरहेका छन्। उनले राजीनामा […]

म मेरो देशलाई के प्रश्न गरूँ?

मैले इतिहासका पानाहरू पढेँ: वीर गोर्खालीहरू, आन्दोलनमा होमिएका जनताहरू, लोकतन्त्र ल्याउन बलिदान दिने शहीदहरू। उनीहरूको सपना थियो: एक न्यायपूर्ण, समान र सुखी नेपाल। तर आज, त्यो सपना कतै हराइरहेको जस्तो लाग्छ। देश हाम्रो पहिचान हो, हाम्रो घर हो, हाम्रो अस्तित्वको आधार हो। हामी देशको माटोमा जन्मन्छौँ, हुर्कन्छौँ, सपना देख्छौँ, र भविष्य बनाउँछौँ। देशप्रेम भन्नाले केवल […]

कविता : मौसम

टलक्क टल्कियो हिमाल,काला बादल हटेपछि,मसक्क मस्कियो घाम,त्यो पश्चिमी वायु झरेपछि !! लाग्छ सेतो घाम पारिलोघमाइलो बन्दैछ मेरै लागिआकास देख्छु, चकमन्न,मनभरिका बह बगेपछि !! भट्किन्छ कति आत्मा,प्रभुले प्राणवायु भरेपछि,नाँच्दछ जति पानी,यो पृथ्वीमा सागर बनेपछि !! फक्रिन्छ फन्केर फूल,बसन्तले आगमन गरेपछि,झुल्किन्छ अनि पुतली,बगैंचा नै रङ्गिन बनेपछि !! बाँच्दछ कति जिवात्मा,धर्तिमा हरियाली छाएपछि,भुल्दछ इश्वर मानव,यो भवसागरमा जन्मिएपछि!!

ताजा समाचार