शिक्षक आन्दोलनको असली रूप

शिक्षकहरूको आन्दोलन कति शान्तिपूर्ण रहेछ, अहिले प्रष्ट भएको छ। बिरुवासमेत नमार्ने दाबी गरेका शिक्षकहरूले आइतबार फुटपाथको ब्लकसमेत निकालेर सुरक्षाकर्मीमाथि प्रहार गरे। सर्वसाधारण जनता स्थानीय सरकारलाई सोध्छन्, ‘आन्दोलनरत शिक्षकहरूलाई किन कारबाही गरिएन? किन जागिरबाट हटाइएन?’ जनताले तिरेको करबाट तलब–भत्ता खाएर शिक्षक–शिक्षिकाहरू विद्यार्थी नपढाई आन्दोलनमा होमिएका छन्। विद्यालय बन्द गरेर सडकमा रमिता देखाइरहेका छन्। यतिमात्र होइन, शिक्षकहरू […]
ट्राफिक प्रहरी ‘निकम्मा’ हुँदा बढ्दै यातायात व्यवसायीको दादागिरी, यात्रुले अनाहकमा पाउँदै सास्ती

सार्वजनिक यातायात सबैलाई सहज हुनुपर्छ। तर, सरकारको कमजोरीले यात्रु सहज सेवा–सुविधाको अधिकारबाट वञ्चित छन्। ट्याक्सीमा दशकौंदेखि सिन्डिकेट कायम छ। सरकारले नयाँ दर्ता खोल्न चासो नदेखाउँदा यात्रु मर्कामा परेका छन्। सर्वसाधारणले दैनिक दुई–चार पटक गाडी चढ्छन् नै। कार्यालय जानेहरू सधैं बिहान र बेलुका सार्वजनिक यातायातमा यात्रा गर्छन्। अन्य सर्वसाधारणले पनि आफ्नो गन्तव्यमा पुग्न सार्वजनिक यातायातकै प्रयोग […]
तिलाको निःशुल्क स्वास्थ्य शिविरका उज्यालाहरु

शिविरको अन्तिम दिन कुडारी स्वास्थ्य चौकीमा बिहानैदेखि मानिसहरूको लाइन लागेको थियो। बूढापाकादेखि बालबालिकासम्म, सबैले आफ्ना स्वास्थ्य समस्याबारे विशेषज्ञसँग परामर्श गर्ने अवसर पाए। जुम्लाको तिला गाउँपालिकाका दुर्गम बस्तीहरूमा विशेषज्ञ स्वास्थ्य सेवा पुगेको छ। तर, २०८२ सालको वैशाख ११ देखि १४ गतेसम्म चार दिनसम्म यो कथा वास्तविकतामा बदलियो। घोडेमहादेव र कुडारी स्वास्थ्य चौकीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरले […]
शिक्षामन्त्रीलाई विद्यालयका कार्यालय सहयोगीको चिठी

तपाईंलाई विद्यालयका कार्यालय सहयोगी र लेखापालहरूको अहम् भूमिकाबारे गहिरो जानकारी छ। यद्यपि, यो विषयमा शिक्षा मन्त्रालयबाट ठोस कदम चालिएको नदेख्दा हामी पीडा र निराशा महसुस गरिरहेका छौँ। माननीय नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीज्यू,सर्वप्रथम, तपाईंले सदनमा व्यक्त गर्नुभएका विचार र शैक्षिक सुधारप्रतिको प्रतिबद्धताप्रति हार्दिक सम्मान प्रकट गर्दछु। म तपाईंको ध्यान विद्यालयहरूमा कार्यरत कार्यालय सहयोगी र लेखापालहरूको […]





