धौलापानीमा ५७ लाखको लिफ्ट सिँचाइ आयोजना सम्पन्न

उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीचन्द्र विष्टका अनुसार, ५० घनमिटरको रिजर्भ ट्यांकी र दुईवटा १० घनमिटरका सहायक ट्यांकी निर्माण गरिएको छ। जुम्लाको तातोपानी गाउँपालिका–६, धौलापानीमा ५७ लाख ६१ हजार २३२ रुपैयाँ लागतमा लिफ्ट सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ। सुख्खा जमिनमा सिँचाइ सुविधा पुर्याएर किसानको आयआर्जन वृद्धि गर्ने लक्ष्यसहित यो आयोजना सम्पन्न भएको हो। कृषि खाद्य प्रणालीका […]
नयाँ वर्ष : विगतका वर्षहरूको समीक्षा र आगामी वर्षको दृष्टिकोण

नयाँ वर्षको सुरुवात आत्म-विश्लेषणको अवसर हो। विगतका वर्षहरूले हामीलाई के सिकाए? हामीले गरेका कार्यहरू सही थिए कि थिएनन्? हाम्रो दृष्टिकोण दीर्घकालीन विकासमा केन्द्रित थियो कि थिएन? यी प्रश्नहरूको उत्तर खोज्दै हामीले आफ्ना कमजोरीहरू सुधार्ने र नयाँ रणनीति बनाउने अवसर प्राप्त गरेका छौँ। नयाँ वर्ष २०८२ को शुभारम्भसँगै हामी विगतका वर्षहरूलाई सम्झने र समीक्षा गर्ने अवसरको […]
मोटरसाइकल यात्राका तीन रंग: बुढाबुढी, युवती र गर्लफ्रेन्ड

के हामीले त्यस्ता बुढाबुढीलाई लिफ्ट दिन्छौं? कसैले दिन्छन् होला, कसैले दिँदैनन् होला। तर हाम्रो पुरानो धर्म संस्कृतिले आफूभन्दा जेष्ठ नागरिकलाई सकेसम्म मद्दत गर्नुपर्छ भन्ने सिकाएको छ। सामान्यतया मोटरसाइकल सबैभन्दा सहज र सजिलै प्रयोग गर्न सकिने लोकप्रिय सवारी साधन हो। कर्णाली प्रदेशमा भर्खरै राष्ट्रिय तथा ग्रामीण सडकहरू बनिरहेका छन्। केही पक्की छन् भने केही कच्ची सडकहरू […]
कानुनको धज्जी उडाउनेलाई राजनीतिक दलको आड, मापदण्डविपरीत सञ्चालन हुँदै उपत्यकाका बसपार्क!

मेयर बालेन्द्र शाहले अवैध बसपार्क भत्काउन डोजरसहित नगर प्रहरी खटाएका थिए। तर, अरनिकोका अध्यक्ष केदार क्षेत्रीले गुण्डा परिचालन गरेर बसपार्क भत्काउन दिएनन्। यहाँ त गुण्डाको अगाडि कानुन पनि लाचार बन्छ भन्ने कुरा पुष्टि भएको छ। बसपार्क सञ्चालनका लागि सरकारले मापदण्ड बनाएको छ। जसमा घनाबस्तीको बीचमा बसपार्क राख्न नपाइने, एउटा पालिकाभित्र दुईवटाभन्दा बढी बसपार्क सञ्चालन गर्न […]