मंगलवार, ३ असार, २०८२

गुठीचौरका ५० दलित परिवारलाई निःशुल्क ग्यास र चुलो

वडाध्यक्ष अर्जुनकुमार महताराले प्रत्येक दलित परिवारलाई एक-एक सेट ग्यास सिलिन्डर र चुलो वितरण गरिएको बताए। गुठिचौर गाउँपालिका-१ ले आर्थिक रूपमा पछाडि परेका ५० दलित परिवारको जीवनस्तर उकास्न निःशुल्क ग्यास सिलिन्डर र चुलो वितरण गरेको छ। सामाजिक समावेशीकरण र विपन्न समुदायको सशक्तीकरणलाई प्राथमिकता दिँदै वडा सरकारले यो अभियान सुरु गरेको हो। वडाध्यक्ष अर्जुनकुमार महताराले प्रत्येक दलित […]

जुम्लामा एन्टिमाइक्रोबियल प्रतिरोधविरुद्ध विद्यार्थीहरूमाझ जनचेतना अभियान

विश्वव्यापी जनस्वास्थ्य समस्याको रूपमा रहेको एन्टिमाइक्रोबियल प्रतिरोधलाई न्यूनीकरण गर्न यो कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एएमआर क्लबले शुक्रबार फागुन २४ गते श्री ब्राइट फ्युचर देउली बोर्डिङ स्कूल, चन्दननाथ नगरपालिका-४, अस्पताल रोड, जुम्लामा विद्यार्थीहरूलाई लक्षित गरी एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। यो कार्यक्रम निम्याट नेपालद्वारा सञ्चालित […]

पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौंमा भव्य स्वागत

पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ। पोखराबाट आइतबार दिउँसो काठमाडौं आइपुगेका पूर्वाराजा ज्ञानेन्द्रलाई उनका समर्थकहरूले भव्य स्वागत गरेका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूले त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा पूर्व राजा ज्ञानेन्द्रलाई स्वागत गरेका थिए। त्यसअघि स्वागत गर्नुअघि राजावादीहरूले काठमाडौंमा शक्ति प्रदर्शन गरेका थिए। काठमाडौंका विभिन्न स्थानबाट आएको जुलुस विमानस्थल पुगेको थियो।

कविता : कार्यालयको बाटो

घर पायक पर्ने जागिर छ,मेरो नजिकै छ,आफ्नै गाउँमादुई मिनेटको अन्तरमा पुगिन्छकार्यालय ह्या!कार्यालय दश बजे त खुल्ने हो म पनि दश बजे हिँड्छुकिनकी दुई मिनेटको अन्तरमापुगिन्छ कार्यालय!केही भन्लान् कार्यालय प्रमुखदुई मिनेट ढिला भोपाँच मिनेट ढिला भो!के फरक पर्ला र कार्यालय प्रमुखमेरै मातहतका हुन। कसले गर्छ ममाथि प्रश्न उठाउने दाउ?बानी परिहालेँ अब त प्रमुख ज्यु पनिकिनकि दुई […]

दुर्गा प्रसाईः पहिले मार्सी चामलको भात खुवाए, अहिले होस उडाए!

एकपटक फालिएको राजा फेरि ल्याउनका लागि आन्दोलन हुन्थ्यो? नेताहरु सुध्रिने हो भने यो व्यवस्था संकट पर्दै पर्दैन। देशमा विकास हुन्छ, जनताले सुःख पाउलान् भनेर पूर्वराजा ज्ञानेन्द्रले दरबार छोडिदिए। राजाजस्तो व्यक्ति नागार्जुनको जंगलमा गएर नागरिक भएर बसेका छन्। नेताहरुले के गर्छन्? त्यो त राजाले पनि हेरिरहेका छन्। ‘मार्सी चामलको भात, व्यवस्थामाथि आउँदैछ संकट!’ एमाले अध्यक्षसमेत रहेका […]

हिमालको काखबाट उद्यमको शिखर: नारायणी चौलागाईंको प्रेरणादायी यात्रा

स्कुले झोला धान्न धौ पर्ने कम्मरमा जिम्मेवारीको पहाडै बोक्न तयार भइन्। श्रीमान र देवर पढिरहेको घरमा उनी अर्की थपिएकी थिइन्। त्यसमाथि घरधन्दा धान्नु त छँदैथियो, जग्गा जमिन भइकन पनि बिहान साँझ मुखमा चार औँला पसाउन कठिन थियो। जग्गा जमिन गर्ने मान्छे थिएन। त्यही अन्न दिएर कामदार चलाउनुपर्ने थियो। त्यसैले कतिखेर अभाव हुन्छ थाहै हुँदैनथ्यो। जुम्लाको […]

कविता : राजाजी

नारायणहिटीका ढोकाहरू हिजो पनि बन्द थिए,आज पनि छन्, भोलि पनि बन्द नै रहनेछन्।हावाले ल्याएको एक पुरानो स्वर,“राजा आऊ, देश बचाऊ” भन्दैसडकमा गुन्जिए पनि,अब ती शब्दहरूमा प्राण छैन। राजाजी,बगेको खोलो फर्कन्न,मरेको जीवित हुँदैन।राजसिंहासन फुस्कियो भने,त्यसको टेको खोज्दै हिँड्नु व्यर्थ छ। तपाईंले शासन गर्दा,हाम्रो भोकको चित्कार तपाईंका महलसम्म आइपुग्न सकेन।हामीले रातो घाम हेरेर भोलि पर्खिदै पेट भर्न […]

कविता : शराव !

शराव पिउँदैमा मान्छे कहाँ मर्छ?शरावले पिएर पो तव मान्छे मर्छबन्द गर्दैमा कहाँ हुन्छ बन्द शरावबन्द गर्न त मुख बन्द गर्नु पर्छ। शरावलाई मन देखि छोड्नु पर्छकर गर्दैमा शरावले कहाँ छोड्दछ?सराव पिउँदा साथीहरू जुट्लान्शरावबाट हुने घाटा कहाँ छुट्लान्? शराव पिउनु एक प्रिय नशा होछोड्न र बिर्सन नसक्ने आदत होधनजन् र ईज्जत् खोस्न जानेको छलाभका कुरा दिन […]

अछामका कथा: पहाडको पीडा, संघर्ष र सपना

अछामका हजारौं युवाहरू आफ्ना सपना पूरा गर्न गाउँ छोड्छन्। महिलाहरू अझै पनि विभेद सहन्छन्। दलितहरुले जातिय विभेद सहन्छन, विकास अझै सुस्त छ। नेपालको सुदूरपश्चिममा अवस्थित सुन्दर तर दुर्गम जिल्ला हो अछाम। हरियाली जंगल, ठूला पहाड, अनि हिमाली चिसो हावाले यो जिल्लालाई मनमोहक बनाएको छ। तर, प्राकृतिक सुन्दरताभन्दा पर अछामका बासिन्दाहरूको जीवन कहिल्यै सहज भएन। यहाँका […]

ताजा समाचार