शुक्रबार, २९ फाल्गुन, २०८२

अछामको कालेकाडामा फोर जी सेवा सुरु, गाउँमा खुशियाली

अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ को कालेकाडा र आसपासका ग्रामीण बस्तीका बासिन्दाहरूले आज फोर जी सेवा सुरु भएकोमा खुशी व्यक्त गरेका छन्। भाडगाउँको चियानडाँडामा रहेको टावर नम्बर ५२८ आज मध्यान्ह १२ बजेबाट सञ्चालनमा आएको छ, जसले नेपाल टेलिकमले पहिलोपटक यो क्षेत्रमा फोर जी सेवा पुर्‍याएको छ। यो सेवाले वडा नम्बर ९ का […]

जुम्लामा स्ववियु निर्वाचन समिति गठन: पदम बहादुर शाहीको संयोजकत्वमा सात सदस्यीय टोली

संयोजक शाहीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन समितिले पूर्ण प्रतिबद्धताका साथ काम गर्ने बताए। साविकको कर्णालीमा एकमात्र आंगिक जुम्ला बहुमुखी क्याम्पसमा सहायक क्याम्पस प्रमुख उपप्राध्यापक पदम बहादुर शाहीको संयोजकत्वमा सात सदस्यीय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन समिति गठन गरिएको छ। मंगलबार बसेको क्याम्पसका प्राध्यापक र कर्मचारीहरूको बैठकले शाहीलाई संयोजक र उपप्राध्यापक डम्वर बहादुर महतलाई […]

कर्णाली नदीको जीर्ण झोलुङ्गे पुल बन्द : विद्यार्थीको पढाइ र स्थानीयको दैनिकी प्रभावित”

पुलले अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडा चिलतडा र कर्णाली प्रदेशको दैलेख जिल्लास्थित आठबिस नगरपालिका–४ खिड्किज्युला तार बजारलाई जोड्छ। मंगलबारदेखि कर्णाली नदीमाथिको एउटा पुरानो र जीर्ण झोलुङ्गे पुल आवतजावतका लागि पूर्ण रूपमा बन्द गरिएको छ। यो पुलले अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडा चिलतडा र कर्णाली प्रदेशको दैलेख जिल्लास्थित आठबिस नगरपालिका–४ खिड्किज्युला तार बजारलाई जोड्छ। […]

स्थानीय तहको शासन : अपेक्षा, वास्तविकता र चुनौतीहरू

“सिंहदरबारको अधिकार गाउँगाउँमा” भन्ने नाराले स्थानीय तहमा अधिकारको विकेन्द्रीकरण र जनताको घरदैलोमा सेवा पुर्‍याउने सपना बोकेको थियो। तर, व्यवहारमा यो नारा केवल सतही रूपमा मात्र सीमित भएको छ। शासन व्यवस्था झन् केन्द्रीकृत बन्दै गइरहेको छ। नेपालको स्थानीय शासनको इतिहास हेर्दा २०५९ देखि २०७४ सम्मको अवधि निकै कठिन र चुनौतीपूर्ण देखिन्छ। यो करिव १४ वर्षको समयमा […]

गृहमन्त्री रमेश लेखकमाथि कारबाहीको माग गर्दै नयाँ दिल्लीबाट दलित समुदायको आक्रोश

भारतस्थित “दलितका लागि दलित अभियान” ले नेपाली राजदूतावास, नयाँ दिल्लीमार्फत नेपाल सरकारलाई सम्बोधन गरेको ज्ञापनपत्रमा यस्तो माग गरिएको हो। नेपाल सरकारका गृहमन्त्री रमेश लेखकमाथि सर्लाहीका अन्तरजातीय विवाह गरेका सतेन्द्र राम (चमार) र नेहा रौनियारमाथि प्रहरी प्रशासनको दुरुपयोग गरी जातीय हिंसा, अन्याय र अत्याचार गरेको आरोप लागेको छ। यस घटनाप्रति दलित समुदायले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै […]

आर्थिक संकट गहिरिँदै, कोठा, फ्ल्याट र सटर रित्तिँदै, सांसद भने देश र जनताको कुरा उठाउन छोडेर एनजिओको कार्यक्रमतिर!

‘जग्गाको भाउ एक धुरकै करोडौं पुगिसक्यो।’ अब त्यो अभिव्यक्ति प्रधानमन्त्रीको हो कि जग्गा दलालको? जनतालाई छुट्याउन समस्या परेको छ। पछिल्लो समय राजधानीमा कोठा, फ्ल्याट र सटर खाली हुने क्रम ह्वात्तै बढेको छ। जताततै कोठा, सटर, फ्ल्याट खालीमा भनेर लेखिएको देखिन्छ। राजधानीको मुख्य व्यापारिक केन्द्र न्यूरोडमा समेत सटर खाली र बिक्रीमा भनेर टाँसिएको छ। पुतलीसडक, बागबजार, […]

आमाप्रति श्रद्वाशुमन

(१) पहिलो गुरु मेरी आमा, सृष्टिकै हाै ज्ञानी।सभ्यताकी धराेहर हाै, ममताकी खानी।।सृजनाकी जननी हाै, साैन्दर्यकी रानी।दुःख कष्टकाे सागर थियाै, धैर्यताकी मुर्ति।।हरपल याद हाम्रै गर्थाैं, कही थिएन सुर्ति।सत् सत् नमन मेरी आमा,जगतमाता तिमी।। (२)ताेते बाेली फुटाएर, शब्द सिकायाै।संसार हेर्ने बनाएर, हाम्लाई बिकायाै।।सच्चा मनथ्थाे मधुर वचन, अति नै सन्ताेषी।धर्म, कर्म धेरै गर्ने, सद्भाव कति कति।।आमा हाम्री साक्षत […]

ताजा समाचार