हिमाका राजनीतिक दलको माग: कर्णाली राजमार्गको नाग्म-गमगडी सडक खण्डको जिरो प्वाइन्टबाट पिच गर्नुपर्छ

बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले सडककाे प्रवेशद्वार क्षेत्रमा रहेका खाल्डाखुल्डीले स्थानीय बासिन्दा र पर्यटकहरूलाई हैरान पार्दै आएको बताए। हिमा गाउँपालिकाको नाग्म-गमगडी सडक खण्डको स्तरोन्नति र कालोपत्रे कार्य सुरु गर्न सम्बन्धित निकायसँग स्थानीय राजनीतिक दलहरूले तत्काल पहल गर्न माग गरेका छन्। हालै हिमामा बसेको सर्वदलीय बैठकले सडककाे प्रवेशद्वार, अर्थात् जिराे प्वाइन्टबाटै सडकको स्तरोन्नति र पिच कार्य […]
हुम्लाको नाम्खामा स्वास्थ्य शिविर : पहिलो दिन पाँच सयभन्दा बढीले लिए स्वास्थ्य सेवा

विशेषज्ञ चिकित्सकहरूको टोलीले बालबालिका, महिला र वृद्धवृद्धालाई लक्षित गर्दै शिविरमा पहिचान भएका स्वास्थ्य समस्या निदान गरिरहेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र हुम्लाको नाम्खा गाउँपालिकाको साझेदारीमा आयोजित स्वास्थ्य शिविरमा पहिलो दिनमै पाँच सय ६ जनाले सेवा लिएका छन्। विकट हिमाली जिल्लामा सेवा दिनु प्रतिष्ठानको उल्लेख्य उपलब्धि ठानिएको छ। विशेषज्ञ चिकित्सकहरूको टोलीले बालबालिका, महिला र वृद्धवृद्धालाई […]




