गुरुलाई अपमान हुनुको कारण राज्य संयन्त्रले पनि विभेद गरेको स्पष्ट देख्न सकिन्छ। राज्यले उच्च दर्जामा गुरुलाई राख्नुपर्दछ। जसकै कारण यो संसारमा परिवर्तन सम्भव भएको हो। आज संसार जस्तासुकै परिवर्तन भएका छन्। त्यो सबैको देन केवल गुरु हुन्।
सामान्यतया गुरु भनेको कुनै पनि व्यक्तिको जीवन रूपान्तरण गर्ने व्यक्तिलाई जनाइन्छ। जसले व्यक्तिको जीवनमा अहम् भूमिका खेलेका हुन्छन्। जसले सदैव सकारात्मक बाटोमा लाग्न प्रेरित गरिरहेका हुन्छन्। जसले कसैको जीवनमाथि महत्वपूर्ण योगदान दिएका हुन्छन्। जो सबै गुरु हुन्।
म यहाँ कुरा गर्दै छु। औपचारिक शिक्षा प्रदान गर्ने गुरुको जसले कुनै पनि विद्यार्थीलाई आफ्नो ज्ञानको प्रवाह दिएर उज्यालो तिर दोर्याइरहेका हुन्छन्। जुन ज्ञान वा शिक्षा बालशिक्षा देखि विश्वविद्यालयमा दिइन्छ। जसलाई हामी औपचारिक शिक्षा भनेर जान्न सक्छौं।
अथवा औपचारिक शिक्षा समेत भन्ने गर्दछौं। जुन शिक्षा हाम्रो जीवन रूपान्तरणको महत्वपूर्ण माध्यम हो–महत्वपूर्ण दिशा हो। जसले जुनसुकै विद्यार्थीलाई सकारात्मक पाटोमा हिड्न हरेकदम निर्देशित गरिरहेको हुन्छ। जसको संरचनाको आकार ठूलो हुन्छ अझ भनौं कुनै आकार स्वरुप हुँदैन। हुन्छ त केवल सकारात्मक गुण।
केही दशक अगाडि हेर्ने हो भने ज्ञान प्रवाह गर्ने व्यक्ति वा गुरुको महिमा उच्चतम रहेको देखिन्छ। त्यतिबेला गुरुलाई सम्मान प्रकट गर्ने तरिका निकै सम्मानजनक रहेको देखिन्छ। जुन पुस्ताले गुरुलाई सर्वोश्रेष्ठ व्यक्तिको रूपमा लिने गर्थ्यो। सोही अनुरुपको सत्कार गरिन्थ्यो।
तर बदलिदै गएको समयलाई हेर्ने हो भने आजको पुस्ताले गुरुलाई गर्ने सम्मान प्रति समस्या आएको देखिन्छ। त्यो सम्मान घटेको देखिन्छ। अझ भनौं आजको यो पुस्ताले गुरुलाई उच्चतम प्राथमिकता राखेको मानिदैन। केही दशक अघि गरिने गुरुको मान सम्मान यो युगले यो पुस्ताले त्यसलाई पूर्णता दिन सकेको छैन।
यसो हुनुको कारणतत्त्व भनेको आजको यो प्रविधिको युगले कहीं न कहीं प्रभाव पारेको हो कि? भन्ने लाग्छ। हामीले विश्वलाई एक आँखाले नियाल्न सक्ने अवस्थामा पुग्यौं तर यहाँसम्म पुग्न गुरुले गरेको देन सायद हामीले बिर्सियौं तर हामी गुरुलाई आजको समयमा अपमानको आँखाले हेरिरहेका छौं।
गुरुलाई अपमान हुनुको कारण राज्य संयन्त्रले पनि विभेद गरेको स्पष्ट देख्न सकिन्छ। राज्यले उच्च दर्जामा गुरुलाई राख्नुपर्दछ। जसकै कारण यो संसारमा परिवर्तन सम्भव भएको हो। आज संसार जस्तासुकै परिवर्तन भएका छन्। त्यो सबैको देन केवल गुरु हुन्।
हामीले मनाउने पर्वमध्ये सबैभन्दा उत्कृष्ट पर्वको रूपमा गुरु उत्सवलाई मान्नुपर्छ र सोही अनुरुप मनाउनुसमेत पर्दछ। गुरुलाई अपमान गर्नु भनेको समग्र ज्ञानको भण्डारमा आगो लगाउनु सरह हो। जुन आजको पुस्ताले यसको गहिरो रूपमा सोच्नुपर्छ। गुरु, सर्वोश्रेष्ठ व्यक्तित्व हुन् तसर्थ हामीले सम्मान आँखाले हेर्नुपर्छ।














