मंगलवार, १९ फाल्गुन, २०८२

जुम्लामा हाम्रो साझा कपडा बैंक स्थापना

कपडा बैंकका पहलकर्ता धनराज सुनारका अनुसार कपडा बैंकमा आर्थिक अवस्थाले कमजोर भएका विपन्न वर्गको सहजको लागि यो कपडा बैंकको अवधारणा जुम्लामा ल्याइएको बताउछन्

चन्दननाथ नगरपालिका ०५ कार्कीबाडामा हाम्रो साझा कपडा बैंक स्थापना भएको छ । जुम्लाका सक्रिय दलित समुदायका नेतृत्वकर्ताहरुले उक्त कपडा बैंकको अवधारणा ल्याएर कपडा बैंकको स्थापना गरेका हुन ।

कार्कीबाडा नजिक रहेको सार्वजनिक शौचालयको भवनको सटरमाउक्त कपडा बैंक राखिएको छ । कपडा बैंकका पहलकर्ता धनराज सुनारका अनुसार कपडा बैंकमा आर्थिक अवस्थाले कमजोर भएका विपन्न वर्गको सहजको लागि यो कपडा बैंकको अवधारणा जुम्लामा ल्याइएको बताउछन् ।

हाम्रो साझा कपडा बैंकको उद्घाटन चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले गरेका छन् । उनले कपडा बैंकलाई आवश्यक कपडा दिएर सहयोग गर्न समेत अपिल गरेका छन् । उनले पनि कपडा बैंकलाई कपडाहरू दान गरेका छन् ।

कपडा बैंकको उद्घाटनको दिन कपडा दान गर्ने दाताहरू बलराम नेपाली,मंगला विश्वकर्मा जिपि स्टेसनरीका गणेश रोकायले कार्पेट सहयोग गरेका छन् । कलिमान सुनारले फर्निचरको सामाग्री सहयोग गरेका छन् कृष्ण विक ब्यानर दिएर सहयोग गरे भने
अग्नि रोकाय, आनन्द अधिकारी गोमा नगरकोटी ,सुवास सु-सेन्टर कपडा पसल लगायत अन्य ब्याक्तिले पनि कपडा बैंकको पहिलो दिन कपडा दान गरेका हुन ।

कपडा बैंकको स्थापना गर्न पहल गर्ने पहलकर्ताहरु बालराम सुनार कृष्ण सुनार ज्ञानबहादुर विक अभिषेक नेपाली कलिमान सुनार पदम सुनार धनराज सुनार रहेका छन् भने । यसको उदेश्य विपन्न वर्गलाई राहत प्रदान गर्नको निम्ति यसको स्थापना गरेको कपडा बैंकका पहलकर्ता बालराम नेपालीले बताए ।

त्यस्तै चन्दननाथ नगरपालिका ०५ का वडाध्यक्षले कपडा बैंकलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे भने उनले सबैले यसको उपभोग गर्न पाउनु पर्ने बताए ।

कपडा बैंकमा आएर जो-सुकैले पनि कपडा लिन र स्वस्फूर्त कपडा दान समेत गर्न सक्नेछन् । यसले विपन्न समुदाय र वर्गहरुलाई केही राहत पुर्याउने देखिन्छ ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल