बिहीबार, ५ चैत्र, २०८२

अमेरिकाको कदमले नेपालमा भुइँचालो, विकसित देशमा आफन्त छन् भनेर धाक लगाउनेहरुमा खैलोबैलो!

जहाँ गए पनि फर्किनपर्ने आफ्नो जन्मभूमि नै हो। विकसित मुलुकमा बसेका नेपालका नेता फटाहा, फोहोर देश भन्नेहरु अब यही फर्किँदैछन्, आफ्नो झोलाझम्टा बोकेर।

अमेरिकाले गैरआबासीयलाई निकाल्न थालेसँगै अन्य देशमा भएका नेपाली सशंकित बनेका छन्। आफू बसेको देशले पनि त्यसै गर्ने हो कि भनेर उनीहरु डराएका छन्। अष्ट्रेलिया, क्यानडा, पोर्चुगललगायत विकसित मुलुकमा भएका नेपालीका यहाँ रहेका आफन्त पनि भयवहित छन्।

उनीहरुलाई बेकारमा विदेश पठाएकोझैं महसुश हुन थालेको छ। यहाँ भएका अभिभावकहरु आफ्ना सन्तान निकालिने हुन् कि भनेर चिन्तामा छन्। अमेरिकाले गैरआवासीयलाई भटाभट निकाल्न थालेको छ र सो निर्णयलाई धेरैले समर्थन गरेका छन्। आफ्ना देशको नागरिक बेरोजगार राखेर अर्काको देशको नागरिकलाई रोजगारी दिने कुरा आउँदैन। त्यसैले अमेरिकाको कदम सही छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयले अहिले विश्वमै ठूलै भुइँचालो गएको छ। अमेरिकाले आफ्नो भूमिमा अर्काको देशको नागरिक नभित्र्याउने, व्यापार व्यवसाय र राजनीति गर्न नदिने निर्णय गरेको छ। सो कुरा अन्य मुलुकले पनि सिको गरेका छन्।

आफ्ना नागरिकलाई विस्थापित गरि अन्य देशका नागरिकलाई उकास्नु कदापी ठिक छैन। अमेरिकाले आफ्नो देश र राष्ट्रको बारेमा सोचेको छ। जुन उसको अधिकार र प्राथमिकताको कुरा हो। अर्कोतिर डिभी लट्री पनि रद्द गर्ने निर्णय भएको छ। डिभीबाट वर्षेनि हजारौं नेपाली अमेरिका जाने गरेका थिए।

अमेरिकाको निर्णयले नेपालमा खैलाबैला मच्चिएको छ। अमेरिका मात्र नभएर अन्य विकसित मुलुकले पनि नेपाल फर्काइदिने चर्चा चल्न थालेको छ। मलेसियासहित खाडी मुलुक गएका त बच्लान्, तर विकसित मुलुक पसेकाको ठेगान छैन्। २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य भयो, देशमा लोकतन्त्र, गणतन्त्र आए।

गद्दी छोड्दा उनले भने,‘म सबै कुरा त्याग्छु तर मलाई नेपालमै बस्न देऊँ।’ उनी अहिले पनि नागार्जुनको जंगलमा बसिरहेका छन्। दर्शनका लागि मठमन्दिर पुगिरहेका हुन्छन्। आन्दोलन हुनेबित्तिकै श्रीलंकाका राष्ट्रपति देश छोडेर भागे। बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि भागेर अर्काको देशमा आएर बसेकी छिन्।

तर, नेपालका पूर्वराजा अहिले पनि नेपालमै छन्। उनी देश छोडेर कतै गएनन्। यसले पनि उनको देश प्रेमलाई पुष्टि गर्छ। अमेरिकी राष्ट्रपति ट्रम्पले पनि त्यही गरे। उनले आफ्नो देश र नागरिकप्रतिको प्रेम कामले देखाएका छन्। देश र जनता कति प्रिय हुन्छन्? यसको उदाहरण पूर्वराजा ज्ञानेन्द्र र अमेरिकी ट्रम्पले दिएका छन्।

राष्ट्र र जनताका लागि कसैले पद त्यागे, कसैले अर्काको देशको नागरिक निकाल्ने भए। अमेरिकाको राष्ट्रपतिको अहिले विश्वमा चर्चा छ। उनले लिएको कदम सानो छैन। त्यसका लागि एकदमै धेरै आँट र हिम्मत चाहिन्छ। अमेरिकाले गैरआबासीयलाई रोक्नु भनेको नेपालको लागि एउटा ठूलो पाठ हो।

देशमा कोही बस्न नचाहने, जतिबेला पनि अमेरिका–अष्ट्रेलिया भन्ने। राति सुत्दा होस् या उठ्दा नेपालीहरुको विदेश जाने सपना मात्रै हुन्थ्यो। देशमा केही गर्न नचाहने अनि मोटो पैसा खर्च गरेर अमेरिका अष्ट्रेलियालगायतका मुलुक छिर्ने। अब त उनीहरुले पनि नलैजाने भए।

अमेरिकाले भटाभट गैरआबासीय निकाल्न थालिसकेको छ। तैपनि नेपालका म्यानपावरहरु अमेरिका पठाइदिन्छु भन्दै भ्रम छरिरहेका छन्, मोटो रकम बुझिरहेका छन्। अब नेपालीलाई पढेलेखेका भन्ने कि अनपढ? अमेरिकाको निर्णयले विश्व हल्लिसक्यो। नेपालीहरु अझै पनि अमेरिका जान पाउँछु कि भनेर लाखौं रुपैयाँ कन्सल्टेन्सी र म्यानपावरलाई बुझाइरहेका छन्।

आफ्नो खुट्टामा आफैंले बञ्चरो हानिरहेका छन्। यसअघिका राष्ट्रपति जो बाइडेन हुँदा नेपालीहरु आफ्ना सन्तान, आफन्त अमेरिकामा छ भनेर धाक लगाउँथे। ट्रम्पले चुनाव जित्नेबित्तिकै उनीहरुको ‘टाइटाइ फिस’ भएको छ। ‘रातमा निद्रा न दिनमा भोक’ गरेर बाँच्नुपरिरहेको छ।

विकसित देशहरुमा नेपाली छ्याप्छ्याप्ती देखिन्छन्। जहाँ हेर्‍यो, नेपाली देखिन्छन्। त्यसैले त नेपाली हटाउन थालिएको हो। आफ्ना नागरिक ओझेलमा पर्न थालेपछि गर्ने भनेकै ट्रम्पकै निर्णय हो। त्यो निर्णय नगरेसम्म त पार नै नलाग्ने भयो। जसलाई जहाँको हो, त्यही फर्काइदियो, सकियो।

नेपालकै उदाहरण हेरौं न, ७४ जिल्लाका नागरिक काठमाडौं उपत्यका भित्रिए। यहाँका मान्छे विस्थापित भए। राजनीति, रोजगारी, व्यापार, व्यवसायलगायत हरेक क्षेत्रमा उनीहरु पिछडिएका छन्। २०४६ साल अघि होस् या पछि उपत्यकाका मान्छेहरु देशको प्रधानमन्त्री भएका छैनन्। बाहिरी जिल्लाका मान्छेले राजनीतिमा पनि कब्जा गरे, जग्गा पनि।

त्यही देखे राष्ट्रपति ट्रम्पले पनि। बाहिरको मान्छे माथि आउने देखेपछि उनले कदम उठाइहाले। नेपालीहरुको बानी के छ भने औंला दियो भने हात नै लिन खोज्छन्। एउटा गयो, अर्कोलाई पनि जानुपर्‍यो। देखासिकीमा चल्यो देश। जसका कारण विदेशमा नेपाली थेगिनसक्नु भो। एउटा परिवारमा जति जना छन्, जम्मै अमेरिका, अष्ट्रेलिया।

नेपाली काँग्रेसका नेता गणेशमान सिंहले भनेका कुराहरु अहिले पनि जनताले सम्झिन्छन्। उनले भन्थे, ‘नेपाली जनता भेडा छन्।’ यसको अर्थ एउटा भेडा भीरबाट हाम्फाल्यो भने अरु पनि हाम्फाल्छन्। नेपालीको स्वभाव पनि त्यस्तै छ। अर्काले जे गर्छ, आफूले त्यही गर्नुपर्‍यो। नेपाली देशमा केही गर्नै चाहँदैनन्।
यहाँ काम गर्न लाज मान्नेहरु विदेशमा गएर जे काम गर्न पनि तयार हुन्छन्। आफ्नो देश विकास गर्न नेपालीहरुलाई चासो छैन्। देशलाई गाली गर्‍यो अनि विदेश गयो। अब कहाँ जान्छन्? फर्केर आउनु पर्ने त यहीँ हो। पहिले बनाउन सिक्नुपर्‍यो। अमेरिका यत्तिकै अमेरिका बनेको होइन। धेरै दुःखकष्ट, संघर्षपछि अमेरिका त्यहाँ पुगेको हो।

तर, नेपालीहरुको सोच कहाँ त्यति ठूलो छ। गफ लगाउन पाए, पुग्यो। मातृभूमिभन्दा ठूलो केही हुँदैन। जहाँ गए पनि फर्किनपर्ने आफ्नो जन्मभूमि नै हो। विकसित मुलुकमा बसेका नेपालका नेता फटाहा, फोहोर देश भन्नेहरु अब यही फर्किँदैछन्, आफ्नो झोलाझम्टा बोकेर।

नेपालमा धेरै घर भाडामा लगाइएको छ। तर, दशकौं बसे पनि त्यो घरमा आफ्नो हकदाबी लाग्दैन्। घरधनीले निस्केर जाँ भन्नेबित्तिकै निस्किनुपर्छ। तर, नेपालीले यति पनि बुझेनन्। देश नै फर्किन नपर्ने जसरी बोल्नेहरुलाई ट्रम्पले पाठ सिकाए। सबैलाई आफ्ना नै प्यारो हुन्छन्।

बाहिरी देशकाले त्यहाँ गएर सत्ता कब्जा गर्न थाले। व्यापार व्यवसायमा उनीहरुको रजगज चल्यो। त्यसैले ट्रम्पले एक्सन लिए। उपेन्द्र यादव नेतृत्वको मधेश आन्दोलनको क्रममा २७ जना माओवादी कार्यकर्तालाई भाला रोपेर मारियो। त्यसपछि त्यहाँबाट पहाडियाहरु रातारात भागे। आफ्नो मँहगो मूल्यको सम्पत्ति बेचेर उनीहरु त्यहाँबाट निस्किए।

नेवारीहरुले आन्दोलन चर्काए भने बाहिरी जिल्लाका मान्छेहरु आफ्नो थातथलो फर्किनैपर्छ। यो दिन नआउँला भन्न सकिँदैन्। सरकारले पनि त्यस्तै भयो। नेपालीलाई विदेशमा बेच्ने अनि रेमिट्यान्स खाने। तीको नागरिकता पाइन्छ भनेर अभिभावकले पनि भटाभट विदेश पठाए।

आफ्नो सन्तानले घर किन्यो, जग्गा किन्यो भनेर धाक लगाउँथ्यो। अब के काम? घर छ, गाडी छ भनेर अमेरिकाले बस्न नदिँदो रहेछ। समातेर एअरपोर्टमा ल्याएर छोडिदिन्छ। सरकार पनि लहैलहैमा लाग्यो, जनता पनि। अमेरिकाको कदमले निच्च पर्नुबाहेक अन्य केही विकल्प छैन।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार